Skip to main content
खेलकुदSetopati

अन्तिम ओभरमा ट्रम्पलम्यानको छक्का, लुम्बिनीको रोमाञ्चक जितसँगै विराटनगर बाहिरिँदा दुई टोली प्लेअफमा

Read the full story at Setopati

अन्तिम ओभरमा ट्रम्पलम्यानको छक्का, लुम्बिनीको रोमाञ्चक जितसँगै विराटनगर बाहिरिँदा दुई टोली प्लेअफमा

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत लुम्बिनी लायन्सले लिगको अन्तिम आफ्नो अन्तिम खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ। अन्तिम ओभरसम्म पुगेको रोमाञ्चक खेलमा रुबेन ट्रम्पलम्यानले छक्का प्रहार गरेपछि लुम्बिनीले १ बल बाँकी छँदै १६७ रनको लक्ष्य पूरा गर्‍यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको जितमा ओपनर डार्सी शर्ट र आसिफ शेखले समान ४५ रन बनाए। सन्दीप जोराले ११ बलमा अविजित २५ रन जोड्दा अली शेखले १९ बलमा २७ रन बनाए। लुम्बिनीले लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात गरेको थियो।

शर्ट र आसिफले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे। उनीहरूले ११.५ ओभरसम्म विराटनगरका बलरलाई विकेट लिन दिएनन्। शर्ट ३८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाएर चरित असलंकाको बलमा आउट भए। त्यसपछि विराटनगरले लगातार दुई विकेट लिँदै खेलमा फर्कने संकेत गर्‍यो। निरोशन डिकवेला र दिलीप नाथ खाता नखोली आउट भए। दुवैलाई अप्राजित पौडेलले लगातार ओभरमा आउट गरेका थिए।

१२.४ ओभरमा डिकवेला आउट भए भने त्यसको अर्को बलमा नाथ पनि आउट भए। आसिफले एक छेउ सम्हालिरहेका थिए। तर १३.५ ओभरमा उनी ४५ रन बनाएर रनआउट भए। त्यसबेला लुम्बिनीको स्कोर ९१ रन थियो।