एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो
Read the full story at Onlinekhabar (Nepali)

शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि चितवन राइनोज प्लेअफ पुग्ने अन्तिम टोली बन्यो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि चितवन राइनोज प्लेअफ पुग्ने अन्तिम टोली बन्यो । रुबेन ट्रमपलम्यानले दवस्रो अन्तिम बलमा रुपेश सिंहलाई छक्का प्रहार गरेपछि लुम्बिनीले १६७ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गरेको हो । आज लुम्बिनीले विराटनगरलाई हराएपछि र काठमान्डु गोर्खाज र चितवन राइनोजले आफ्नो खेल नभएपनि प्लेअफमा स्थान बनाउन सफल भएको छ । हारपछि ७ खेलबाट ६ अंक जोडेर विराटनगर लिग चरणबाटै बाहिरिएको छ ।
चितवनले आइतबार कर्णाली याक्सविरुद्ध लिग चरणको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको छ । चितवन ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा छ । साथै चितवनले एलिमिनेटर खेल्ने पनि पक्का भएको छ । चितवनले अन्तिम खेल जितेपछि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्सलाई भेट्ने छैन । अन्तिम खेलमा जितपछि लुम्बिनी ७ खेलबा६ ११ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ र पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ ।
अब लुम्बिनीसँग पहिलो क्वालिफायर खेल्ने टोलीको टुङ्गो आइतबारको खेलपछि हुनेछ । सुदूरपश्चिमले पनि ७ खेल खेलिसकको छ र १० अंक जोडेर दोस्रो स्थानमा छ । ६ खेल खेलेको काठमान्डु ८ अंकसहित तेस्रो स्थानमा छ ।
More sports
- दलाई लामाको निर्वासित संसद् टोली नेपाल आउँदै, बौद्धमा देखियो विवादNepal Khabar
- एक–दुई बाउन्ड्रीले खेलको मुहार फेरियो : सन्दीप जोराRatopati
- एनपीएलको प्लेअफ समीकरण पूरा : विराटनगर बाहिरियो, चार टोलीको टुङ्गोDC Nepal
- अन्तिम ओभरमा ट्रम्पलम्यानको छक्का, लुम्बिनीको रोमाञ्चक जितसँगै विराटनगर बाहिरिँदा दुई टोली प्लेअफमाSetopati
- एनपीएलमा प्लेअप खेल्ने चार टोली टुंगिए: लुम्बिनीको शीर्ष स्थान पक्का, विराटनगर बाहिरियोNagarik News
- Spain vs England: UEFA Nations League – predictions, how to watch, teamsAl Jazeera