सिलिण्डर निलो बनाएर तत्कालै बेच्ने तयारीमा ब्रेक, अभावको डरले अध्ययन गर्नेतर्फ गयो आयल निगम
Read the full story at Bizmandu

काठमाडौं। माग र आपूर्तिको सन्तुलन बिग्रिएर अभाव झेल्नुपर्ने डरले तत्कालका लागि औद्योगिक तथा व्यावसायिक ग्यास बिक्रीबाट सरकार पछि हटेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जसरी भए पनि तत्कालै निलो सिलिण्डर बनाएर औद्योगिक तथा व्यवसायिक बेच्न दिएको दबाब तत्कालका लागि टरेको छ। आयल निगम उच्च स्रोतका अनुसार व्यावसायिक सिलिण्डर बनाएर बेच्न थाल्दा बजारमा आपूर्ति समस्या भएर अभाव चर्किने देखेर तत्कालका लागि रोकिएको हो।
‘पछिल्लो चार महिनामा बल्लबल्ल ग्यासको अभाव केही मत्थर भएको छ। अमेरिकाले इरानमाथि गरेको आक्रमण र त्यसपछि भोटेकोशी बाढीले ग्यासको चर्को अभावले सरकारलाई समेत हम्मेहम्मे पारेको कुरा बिर्सनुहुँदैन,’ निगमका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘यही बेलामा निलो बिक्री गर्ने भनेर रङ लगाउन थालेर बजारमा ग्यास गएन भने फेरि समस्या सुरु हुन्छ। ’ उनका अनुसार तत्कालका लागि १४.२ किलोलाई नै निलो सिलिण्डर बनाएर बेच्ने विषय पनि कठिन देखिएको छ। ‘एउटै तौलको सिलिण्डरमा निलो रङ पोतेर बेच्ने कुराले पनि बजारमा समस्यानै ल्याउने देखिन्छ।
सिलिण्डरमै साढे ६ सय फरक भएपछि कसैले बदमासी गरेर रङ निलो लगाएर बेच्न थाल्यो भने झन् ठूलो समस्या ल्याउँछ,’ ती कर्मचारीले भने, ‘ग्यास दुईथरी बनाउने भन्ने विषय खेलाँची गर्नुहुँदैन। कार्यान्वयनमा ल्याएपछि भरपर्दो र दिगो पनि हुनुपर्छ।
More business
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- खुलामञ्चको हरियालीलाई कांग्रेसको क्षतिपूर्ति, ल्याएर रोप्यो एक ट्रक दुबो (तस्बिरहरु)Bizmandu
- कर्णालीको कहर कम गर्ने सडक सञ्जालHimal Khabar
- लन्डनको ऐतिहासिक परेडमा गोर्खाली वीरता र नेपाली पहिचानको आकर्षक झाँकी(तस्विरहरू)Onlinekhabar (Nepali)
- सुनसरीमा बढ्यो छठ पर्वका सामग्रीको व्यापार, पूजास्थल तयारNagarik News