Skip to main content
अर्थतन्त्रNagarik News2 outlets covering

सुनसरीमा बढ्यो छठ पर्वका सामग्रीको व्यापार, पूजास्थल तयार

Read the full story at Nagarik News

सुनसरीमा बढ्यो छठ पर्वका सामग्रीको व्यापार, पूजास्थल तयार

आज मनाइने छठ पर्वका लागि सुनसरीमा बाँसको चोयाबाट बनाइएका पूजाका सामग्रीको व्यापार बढेको छ। तिहार सकिएसँगै बजारमा शनिबार अबेरसम्म डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री खरिद गर्ने सर्वसाधारणको भीड लागेको थियो। व्यापारी धर्मुकु स्वामीका अनुसार छठ पर्वमा बाँसका सामग्रीको माग उच्च हुने भएकाले तीनचार दिनमै तीन लाखभन्दा बढीको कारोबार हुने गरेको छ।

स्थानीय बजारमा पर्याप्त सामग्री नपाइने भएकाले पहाडी जिल्ला तथा भारतबाट खरिद गरी ल्याउनुपर्ने बाध्यता रहेको व्यापारी रितेश रौनियाले बताए। यसैबीच, छठ पर्वका लागि सुनसरीका विभिन्न नदी, खोला तथा जलाशय किनारमा पूजास्थल निर्माण, सरसफाइ र सजावटको काम सम्पन्न भएको छ। सप्तकोसी, बुढीखोला, सर्दुखोला, सेउतीखोला, सुनसरी खोला र झुम्का–चतरा नहर किनारमा दीप, रङ्गोली तथा बत्तीको व्यवस्थासहित पूजास्थल तयार पारिएको छ।

स्थानीयवासी, धार्मिक संस्था तथा युवा समूहले सामूहिक रूपमा पूजास्थलको व्यवस्थापन गरेका हुन्।

In English

Trade in materials for Chhath festival rises in Sunsari, worship sites ready

Trade in worship materials made from bamboo has increased in Sunsari for the Chhath festival being celebrated today. Immediately after Tihar ended, a crowd of common people was seen in the market until late Saturday purchasing materials such as bamboo baskets, winnows, ropes, and baskets. According to trader Dharmukhu Swami, demand for bamboo materials is high during the Chhath festival, resulting in transactions worth more than 300,000 rupees within three to four days. Trader Ritesh Rounia stated that there is a compulsion to purchase and bring materials from hill districts and India because sufficient supplies are not available in the local market. Meanwhile, work on the construction, cleaning, and decoration of worship sites along various rivers, streams, and water bodies in Sunsari for the Chhath festival has been completed. Worship sites have been prepared with arrangements for lamps, rangoli, and lights along the banks of Sapta Koshi, Budhi Khola, Sardhu Khola, Seuti Khola, Sunsari Khola, and the Jhumka-Chhara canal.

Machine translation — the original above is the story as filed.