छठको रौनकले बजारमा चहलपहल, बाँसका सामग्रीको माग उच्च
Read the full story at Onlinekhabar (Nepali)

२९ कात्तिक, सुनसरी । आज मनाइने छठ पर्वका लागि सुनसरीमा बाँसको चोयाबाट बनाइएका पूजाका सामग्रीको व्यापार बढेको छ । तिहार सकिएसँगै बजारमा शनिबार अबेरसम्म डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री खरिद गर्ने सर्वसाधारणको भिड लागेको थियो । छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री प्रयोग गर्ने परम्परा रहेकाले पर्वका अवसरमा यस्ता सामग्रीको माग बढ्ने गरेको व्यापारी बताउँछन् ।
विशेषगरी पूजाका लागि फलफूल राख्न प्रयोग गरिने कोनिया र ढाकीको माग बढी हुने गरेको छ । रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले छठ पर्वका अवसरमा तीनचार दिनमै तीन लाख रुपैयाँभन्दा बढीका बाँसका सामग्री बिक्री हुने गरेको बताए। उनले भोजपुर, धनकुटालगायत पहाडी जिल्ला तथा भारतका विभिन्न स्थानबाट सामग्री खरिद गरेर ल्याई बिक्री गर्दै आएका छन् । स्थानीय बजारमा पर्याप्त सामग्री नपाइने भएकाले पहाडी क्षेत्र तथा भारतबाट खरिद गरेर ल्याउनुपर्ने अवस्था रहेको उनले बताए ।
अर्का व्यापारी रितेश रौनियाले छठ पूजामा बाँसका सामग्री अनिवार्यजस्तै मानिने भएकाले यसको माग बढ्ने गरेको बताए । छठ पर्व आफूहरूजस्ता व्यापारीका लागि मौसमी व्यापारको अवसरसमेत बनेको उनको भनाइ छ । तिहार सकिएलगत्तै छठको रौनक सुरु हुने र बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड लाग्ने गरेको उनले बताए।
More business
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- कर्णालीको कहर कम गर्ने सडक सञ्जालHimal Khabar
- लन्डनको ऐतिहासिक परेडमा गोर्खाली वीरता र नेपाली पहिचानको आकर्षक झाँकी(तस्विरहरू)Onlinekhabar (Nepali)
- बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षितThaha Khabar
- रास्वपाका २० नेता आज चीन भ्रमणमा जाँदै, सुशासनदेखि आर्थिक विकाससम्म छलफल हुनेRatopati