लन्डनको ऐतिहासिक परेडमा गोर्खाली वीरता र नेपाली पहिचानको आकर्षक झाँकी(तस्विरहरू)
Read the full story at Onlinekhabar (Nepali)

लन्डन सिटीका नयाँ लर्ड मेयरको नियुक्तिको अवसरमा आयोजित ऐतिहासिक परेडमा प्रतिभा नक्षत्रको संयोजनमा नेपाली समुदायले गोर्खाली इतिहास, वीरता र नेपालको सांस्कृतिक विविधता झल्काउने प्रस्तुति गरेको हो। २९ कात्तिक, लन्डन । लन्डनमा शनिबार सम्पन्न प्रतिष्ठित ‘लर्ड मेयर शो’ परेडमा गोर्खाली विरासत र नेपाली कला, संस्कृति तथा परम्पराको विशेष प्रदर्शनी गरिएको छ।
लन्डन सिटीका नयाँ लर्ड मेयरको नियुक्तिको अवसरमा आयोजित ऐतिहासिक परेडमा प्रतिभा नक्षत्रको संयोजनमा नेपाली समुदायले गोर्खाली इतिहास, वीरता र नेपालको सांस्कृतिक विविधता झल्काउने प्रस्तुति गरेको हो। करिब सात हजार जना सहभागी उक्त परेडको करिब तीन माइल (झन्डै पाँच किलोमिटर) लामो मार्गको दुवैतर्फ लाखौँ दर्शक उपस्थित थिए। विभिन्न सैनिक तथा सांगीतिक ब्यान्ड, सांस्कृतिक समूह र झाँकीसहित अघि बढेको परेडमा नेपाली समुदायको प्रस्तुति विशेष आकर्षण बनेको थियो।
नेपाली समुदायको प्रदर्शनीको अग्रभागमा बेलायती सेनाको ब्रिगेड अफ गोर्खाज ब्याण्डले सांगीतिक प्रस्तुतिसहित मार्च गरेको थियो। त्यसपछि नेपालको राष्ट्रिय झण्डा फहराउँदै पृथ्वीनारायण शाह र गोर्खाली सैनिकको भेषमा सजिएका सहभागी अघि बढेका थिए। बुद्धको प्रतिमा बोकेका लामा गुरु तथा नेपाली मन्दिरका पण्डित, लाखे नाच र नेवारी संस्कृति झल्काउने प्रस्तुतिले परेडलाई थप आकर्षक बनाएका थिए।
More business
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- कर्णालीको कहर कम गर्ने सडक सञ्जालHimal Khabar
- बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षितThaha Khabar
- छठको रौनकले बजारमा चहलपहल, बाँसका सामग्रीको माग उच्चOnlinekhabar (Nepali)
- रास्वपाका २० नेता आज चीन भ्रमणमा जाँदै, सुशासनदेखि आर्थिक विकाससम्म छलफल हुनेRatopati