खुलामञ्चको हरियालीलाई कांग्रेसको क्षतिपूर्ति, ल्याएर रोप्यो एक ट्रक दुबो (तस्बिरहरु)
Read the full story at Bizmandu

काठमाडौं। राजनीतिक दलका सभा, सम्मेलन र महाधिवेशनपछि सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको जिम्मेवारी लिनबाट पन्छिने प्रवृत्तिबीच नेपाली कांग्रेसले भने फरक उदाहरण प्रस्तुत गरेको छ। आफ्नै महाधिवेशनका कारण मासिएको खुलामञ्चको दुबो पुनः रोपेर कांग्रेसले सार्वजनिक सम्पत्तिको संरक्षणमा जिम्मेवार अभ्यास देखाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनका क्रममा असोज १८ देखि २२ गतेसम्म पाँच दिन खुलामञ्चमा पार्टीका नेता तथा कार्यकर्ताको ठूलो जमघट भएको थियो। त्यसक्रममा खुलामञ्चको हरियालीमा क्षति पुगेपछि कांग्रेसले त्यसको पुनःस्थापनाका लागि आइतबार एक ट्रक दुबो ल्याएर रोपेको हो। काठमाडौं महानगरपालिकाले लामो समय र प्रयास लगाएर खुलामञ्चको मर्मतसम्भार तथा हरियाली व्यवस्थापन गरी सर्वसाधारणका लागि खुला गरेको थियो।
यस्तो अवस्थामा राजनीतिक कार्यक्रमका कारण सार्वजनिक स्थलमा पुगेको क्षतिको बेवास्ता गर्नेभन्दा त्यसको जिम्मेवारी आफैंले लिनु सकारात्मक अभ्यासका रूपमा देखिएको छ। कांग्रेसका महानगर सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा दुबो मासिएकाले पार्टीले पुनः रोप्ने व्यवस्था गरेको बताए। ‘अहिले एक ट्रक दुबो राख्ने र उक्त दुबो महानगरको व्यवस्थापन समितिले मिलाउने योजना हो,’ उनले भने।
More business
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- सिलिण्डर निलो बनाएर तत्कालै बेच्ने तयारीमा ब्रेक, अभावको डरले अध्ययन गर्नेतर्फ गयो आयल निगमBizmandu
- कर्णालीको कहर कम गर्ने सडक सञ्जालHimal Khabar
- लन्डनको ऐतिहासिक परेडमा गोर्खाली वीरता र नेपाली पहिचानको आकर्षक झाँकी(तस्विरहरू)Onlinekhabar (Nepali)
- सुनसरीमा बढ्यो छठ पर्वका सामग्रीको व्यापार, पूजास्थल तयारNagarik News