Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

को थिए लुसिफर ?

Read the full story at Onlinekhabar (Nepali)

को थिए लुसिफर ?

लुसिफर इसाई धार्मिक मान्यताअनुसार स्वर्गका सबैभन्दा सुन्दर र शक्तिशाली देवदूत थिए । उनमा आफ्नो शक्ति र सुन्दरतामाथि घमण्ड थियो । उनी ईश्वरकै बराबरी हुन खोजेपछि स्वर्गबाट निकालिएको विश्वास गरिन्छ । त्यसपछि शैतानका रूपमा चिनिन थाले । रोचक कुरा के छ भने ‘लुसिफर’ शब्दको अर्थ प्रकाश बोकेर हिँड्ने भन्ने हुन्छ । रोमनहरूले सूर्योदयअघि पूर्वी आकाशमा देखिने चम्किलो शुक्र ग्रहलाई लुसिफर भन्थे । त्यो ग्रह बिहानको उज्यालो आउन लागेको सङ्केतका रूपमा देखिन्थ्यो ।

त्यसबेला यस नामको कुनै नराम्रो अर्थ थिएन । तर, पछि यही नाम शैतानसँग जोडिन पुग्यो । यसको सुरुवात बाइबलको यशैयाको पुस्तकबाट भएको मानिन्छ । त्यहाँ बेबिलोनका घमण्डी राजाको पतनबारे वर्णन गरिएको छ । उनलाई बिहानको चम्किलो तारासँग तुलना गरिएको थियो । चौथो शताब्दीमा जेरोमले बाइबललाई ल्याटिन भाषामा अनुवाद गर्दा उक्त शब्दलाई ‘लुसिफर’ लेखे । उनको आशय बिहान देखिने चम्किलो तारासँग थियो, शैतानसँग होइन ।

पछि इसाई धर्मका केही विद्वानले उक्त प्रसङ्गलाई स्वर्गबाट पतन भएको देवदूतको कथासँग जोडे। बाइबलका अन्य प्रसङ्ग पनि यसमा मिसाइए । यसरी लुसिफरलाई स्वर्गबाट निकालिएको देवदूतका रूपमा व्याख्या गर्न थालियो धार्मिक कथाअनुसार लुसिफर स्वर्गका सबैभन्दा तेजस्वी देवदूत थिए । उनी ईश्वरको सिंहासननजिकै बस्थे । ईश्वरबाट प्राप्त प्रकाश अरूसम्म पुर्‍याउनु उनको काम थियो ।