Skip to main content
राजनीतिNagarik News

नेपालजस्ता देशलाई सहयोग गर्न विश्व समुदायको तयारी पर्याप्त छैन : परराष्ट्रमन्त्री खनाल

Read the full story at Nagarik News

नेपालजस्ता देशलाई सहयोग गर्न विश्व समुदायको तयारी पर्याप्त छैन : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय पर्याप्त रूपमा तयार नरहेको बताएका छन्। प्राकृतिक विपत्तिपछिको उद्धार र राहतमा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग पाए पनि दीर्घकालीन पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन नेपालले चुनौती सामना गरिरहेको उनले बताएका हुन्। कोप-३१ मा सहभागी हुन टर्किए पुगेका खनालले अमेरिकी सञ्चारमाध्यम सीएनएन सँगको अन्तर्वार्तामा गत भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न नेपाललाई चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने बताए।

संयुक्त राष्ट्रसंघको नोक्सानी तथा क्षति कोषबाट नेपाललाई दुई करोड अमेरिकी डलर सहयोग गर्ने निर्णय ऐतिहासिक भए पनि रकम प्राप्त गर्न अझै समय लाग्ने उनको भनाइ छ। पुनर्निर्माणका लागि आवश्यक रकम कसरी जुटाउने भन्ने प्रश्नमा खनालले नेपालले अन्तर्राष्ट्रिय वित्तीय संस्था र द्विपक्षीय विकास साझेदारसँग सहयोग माग्नुपर्ने अवस्था रहेको बताए। अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्ने अहिलेको वातावरण चुनौतीपूर्ण भए पनि ती संस्था र परम्परागत विकास साझेदारबाट आवश्यक स्रोत जुट्नेमा आफू आशावादी रहेको उनले बताए।

उनका अनुसार नेपाल अहिले उद्धारको चरणबाट अघि बढेर पुनःस्थापना र अस्थायी पुनर्निर्माणको चरणमा छ।