Skip to main content
वातावरणDC Nepal

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

Read the full story at DC Nepal

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) अन्तर्गत नेपाल पेभेलियनमा आयोजित कार्यक्रममा विज्ञ तथा सरोकारवालाहरूले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दो जलजन्य विपद्को जोखिम न्यूनीकरण गर्न विशेष जोड दिएका छन्। रसुवा-भोटेकोशी विपद्को सन्दर्भलाई आधार मान्दै उनीहरूले पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयन, वैज्ञानिक अनुसन्धानमा वृद्धि, अन्तरसंस्थागत सहकार्य र जलवायु उत्थानशील विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

हिमाली जल सुरक्षाका चुनौतीहरूलाई सम्बोधन गर्न एकीकृत विकास मोडेल अपनाउनुपर्नेमा सहभागीहरूको जोड थियो। जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेका हिमाली भेगको सुरक्षाका लागि नीतिगत तहमा नै सुधार र स्थानीय स्तरमा पूर्वतयारीका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने विषयमा छलफल केन्द्रित भएको थियो।

यसले भविष्यमा आउन सक्ने ठूला विपद्हरूबाट हुने क्षति कम गर्न मद्दत पुग्ने विश्वास विज्ञहरूले व्यक्त गरेका छन्।

In English

Emphasis on disaster preparedness and integrated development for Himalayan water security

At a program held at the Nepal Pavilion during the ongoing United Nations Climate Change Conference (COP-31) in Türkiye, experts and stakeholders have placed special emphasis on mitigating the risk of water-induced disasters in Nepal's Himalayan region due to climate change. Citing the context of the Rasuwa-Bhote Koshi disaster, they pointed out the need to prioritize the effective implementation of early warning systems, an increase in scientific research, inter-institutional collaboration, and climate-resilient development. Participants emphasized the need to adopt an integrated development model to address the challenges of Himalayan water security. The discussion focused on the need for policy-level reforms and the implementation of preparedness programs at the local level to protect the Himalayan regions directly affected by climate change. Experts expressed the belief that this will help reduce the damage caused by major disasters that may occur in the future.

Machine translation — the original above is the story as filed.