Skip to main content
समाजNagarik News

श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट श्रीमान्‌को हत्या, एक पक्राउ

Read the full story at Nagarik News

श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट श्रीमान्‌को हत्या, एक पक्राउ

मोरङमा श्रीमती र एक भारतीय नागरिकले रड प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा जहदा गाउँपालिका–२, मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन्। प्रहरीका अनुसार आइतबार राति करिब १० बजे बुधराममाथि उनकै श्रीमती ३५ वर्षीया कमली मास्के र भारतीय नागरिक २७ वर्षीय सुनील मिश्रले टाउकोमा रड प्रहार गरेका थिए।

रड प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए। घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक मिश्र पक्राउ परेका छन् भने कमली फरार रहेकी छन्। फरार कमलीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बुधराममाथि रड प्रहार गर्नुको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहालले बताए।