सिकाइ संकटमा सामुदायिक स्कुल : अर्बौँ लगानी, अक्षर फुटाउन नसक्ने विद्यार्थी
Read the full story at Onlinekhabar (Nepali)

सामुदायिक शिक्षाको सङ्कट पैसाको अभावबाट मात्र सिर्जना भएको होइन । यो खासमा व्यवस्थापन, मापन र जवाफदेहिताको सङ्कट हो । राज्यले अर्बौँ रुपियाँ खर्च गरिरहेको छ तर बालबालिकाले के सिकिरहेका छन् भन्ने प्रश्नको उत्तर विद्यालयगतरूपमा दिन सक्ने प्रणाली कमजोर छ । विद्यालयमा विद्यार्थी छन्, शिक्षक छन्, भवन छन् र अर्बौँको बजेट पनि छ तर बालबालिकाले आधारभूत पढाइ र गणितसमेत सिक्न सकेका छैनन् । यसले सार्वजनिक शिक्षाको लगानी, व्यवस्थापन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ ।
नेपालका करिब २८ हजार सामुदायिक विद्यालयमा ४६ लाख भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । देशका कुल विद्यार्थीमध्ये करिब दुईतिहाइ सामुदायिक विद्यालयमै पढ्छन् । यी विद्यालयमा २ लाखको हाराहारीमा शिक्षक कार्यरत छन् । आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रका लागि करिब २ खर्ब ११ अर्ब रुपियाँ विनियोजन गरिएको थियो । आधारभूत तहको खुद भर्ना दर ९७.७ प्रतिशत पुग्नु पनि शैक्षिक पहुँच विस्तारको महत्वपूर्ण उपलब्धि हो ।
तर कक्षा ५ मा पुगेका बालबालिकाले सामान्य पाठ पढ्न नसक्ने, कक्षा ८ का विद्यार्थीले आधारभूत गणितीय समस्या समाधान गर्न नसक्ने अवस्था छ । विद्यालयको ढोका खुल्यो तर त्यसभित्र अपेक्षित सिकाइ हुन सकेन । यही अवस्थालाई शिक्षाविद्हरूले ‘सिकाइ सङ्कट’ भन्ने गरेका छन् ।
More society
- तिहारको चौथो दिन आज गाईपूजा गरिँदैNepal Khabar
- विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क माविNagarik News
- जुवाखालबाट साढे तीन लाखसहित ८ जना पक्राउNagarik News
- उपसभामुख रुबीकुमारीद्वारा तिहारको शुभकामना: कला, संस्कृति र सद्भाव सधैं जीवन्त रहिरहोस्DC Nepal
- Man accused of HungryPanda delivery rider’s stabbing murder yells and exposes himself in Melbourne courtThe Guardian
- श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट श्रीमान्को हत्या, एक पक्राउNagarik News