विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क मावि
Read the full story at Nagarik News

म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गर्ने फरक अभ्यास सञ्चालन गरेको छ। दसैँतिहारको लामो बिदामा विद्यार्थीले घरमा कसरी समय बिताइरहेका छन्? गृहकार्य गरेका छन् कि छैनन्? पर्वसँगै प्रयोगात्मक सीप सिकिरहेका छन् कि छैनन्?
घरमा पढ्ने वातावरण कस्तो छ ? अभिभावकले पढाइप्रति कस्तो चासो राखेका छन् ? लगायत यी प्रश्नको जवाफ खोज्दै विद्यालयले घरदैलो अभियान सञ्चलन गरेको हो। दसैँ र तिहारबीचको लामो बिदाको समय सदुपयोग गर्दै विद्यार्थीको घरमै पुगेर उनीहरूको पठनपाठन र क्रियाकलापको अवस्था बुझ्ने उद्देश्यले अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिएको विद्यालयका शिक्षक गणेश केसीले बताए।
यही कात्तिक १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत विद्यालयको सेवा क्षेत्रका विभिन्न बस्ती र समुदायमा पुगेर शैक्षिक अवस्थाको अनुगमन गर्नाका साथै अभिभावकसँग छलफल गरिएको उनको भनाइ छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक र पूर्वविद्यार्थीको प्रतिनिधित्व रहेको टोलीले घरघरमा पुगेर विद्यार्थीको गृहकार्य, पठनपाठन, घरको वातावरण र बिदाको समयमा उनीहरूले गरिरहेका गतिविधिबारे जानकारी लिएको शिक्षक केसीले बताए।
More society
- तिहारको चौथो दिन आज गाईपूजा गरिँदैNepal Khabar
- नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ: अध्यक्ष ओलीDC Nepal
- जुवाखालबाट साढे तीन लाखसहित ८ जना पक्राउNagarik News
- उपसभामुख रुबीकुमारीद्वारा तिहारको शुभकामना: कला, संस्कृति र सद्भाव सधैं जीवन्त रहिरहोस्DC Nepal
- सिकाइ संकटमा सामुदायिक स्कुल : अर्बौँ लगानी, अक्षर फुटाउन नसक्ने विद्यार्थीOnlinekhabar (Nepali)
- Man accused of HungryPanda delivery rider’s stabbing murder yells and exposes himself in Melbourne courtThe Guardian