Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोस्टमार्टम प्रक्रिया अगाडि बढ्यो

Read the full story at Onlinekhabar (Nepali)

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोस्टमार्टम प्रक्रिया अगाडि बढ्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीवार बिहान भएको ईभी भ्यान दुर्घटनाका मृतक परिवार शव उठाउन तयार बनेका छन् । संघीय सरकारसँग पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै पीडित परिवारका आफन्तले बिहबारदेखि नै शव उठाउन मानेका थिएनन् । जस कारण शवको पोस्टमार्टम पनि हुन सकेको थिएन ।

आज जिल्ला प्रशासन कार्यालय मकवानपुर, दुर्घटना अध्ययन तथा छानबिन समिति र मृतक परिवारबीच छलफल भएपछि पीडित परिवारले शव उठाउन तयार भएको छानबिन समिति संयोजक समेत रहेका मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार परिवारसँग सहमति भएसँगै शवको पोस्टमार्टम गर्ने प्रक्रिया पनि अघि बढिसकेको छ । प्रधानमन्त्री कार्यालयले आजै विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा चासो देखाएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले राहत र क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएका छन् ।

दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस सडकबाट करिब ५ सय मिटर तल खस्दा १४ यात्रुको मृत्यु भएको थियो । दुर्घटनाको समयमा गाडीमा चालकसहित २० जना सवार थिए ।