Skip to main content
राजनीतिRatopati

हुथी विद्रोहीले प्रहार गरेका दुई ड्रोन नष्ट गरेको साउदी अरबको दाबी

Read the full story at Ratopati

हुथी विद्रोहीले प्रहार गरेका दुई ड्रोन नष्ट गरेको साउदी अरबको दाबी

काठमाडौँ । साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले यमनका हुथी विद्रोहीहरूले शनिबार साउदी अरब लक्षित गरी प्रहार गरेका दुईवटा ड्रोनलाई आकाशमै नष्ट गरिदिएको दाबी गरेको छ ।

साउदी अरब नेतृत्वको गठबन्धनले यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई समर्थन गर्दै आएको छ । अर्कोतर्फ, यमनको राजधानी सानामा हुथी विद्रोहीहरूको नियन्त्रण रहेको छ र उनीहरूलाई इरानको समर्थन प्राप्त छ ।

अमेरिका र इजरायलको इरानविरुद्धको द्वन्द्वका बिच साउदी नेतृत्वको गठबन्धन र हुथी विद्रोहीहरूबिचको सङ्घर्ष थप चर्किएको छ। पछिल्लो यस घटनाक्रमले यस क्षेत्रमा जारी द्वन्द्वमा अर्को नयाँ मोर्चा थपिदिएको छ ।