छठमा सुरक्षा योजना मजबुत बनाउन आईजीपीको निर्देशन
Read the full story at Ratopati

काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले छठ पर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि रोक्न सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट शनिबार भर्चुअल माध्यमबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई सम्बोधन गर्दै उनले विगतका घटनाको विश्लेषण गरी सुरक्षा योजना बनाउन निर्देशन दिएका हुन् । छठ पर्वका बेला नदी, तलाउ र पोखरीका घाटमा ठुलो भिडभाड हुने भएकाले सुरक्षा व्यवस्थामा विशेष सतर्कता अपनाउन उनले निर्देशन दिए । विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशेष रणनीति बनाउन र सम्भावित घटनाप्रति सचेत रहन पनि उनले आग्रह गरे ।
उनले सुरक्षा अवस्था मूल्याङ्कन गरेर बल प्रयोग गर्दा विशेष संवेदनशीलता अपनाउन तथा प्रदेश प्रहरी प्रमुखहरूलाई आफ्नो क्षेत्रमा अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी सुरक्षा व्यवस्थामा देखिएका कमजोरी समयमै सुधार गर्न निर्देशन दिए । चाडपर्वपछि हुन सक्ने अवाञ्छित गतिविधिबारे सूचना सङ्कलन गरी विशेष सुरक्षा योजना बनाउनुपर्नेमा जोड दिँदै उनले सीमा नाकामा हुने आपराधिक गतिविधि र तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिए । गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिँदै उनले प्रहरीको कार्यसम्पादन प्रभावकारी बनाउनसमेत निर्देशन दिए ।
More politics
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar
- घाइते भएपछि पेभेलियन फर्किए इमरानNepal Khabar