गगन भन्छन्: घृणा, प्रतिशोध र पूर्वाग्रह त्यागेर अघि बढौँ
Read the full story at Nagarik News

नेपाली कांग्रेसका सभापति गगन थापाले घृणा, प्रतिशोध र पूर्वाग्रहजस्ता नकारात्मक सोचलाई पुरानो वर्षसँगै त्यागेर नयाँ वर्षलाई सकारात्मकताका साथ सुरु गर्न सबैलाई आग्रह गरेका छन् । नेपाल संवत् ११४७ तथा शुभ दीपावलीको अवसरमा काठमाडौं महानगर समितिले आयोजना गरेको सुकुन्दा र्यालीमा सहभागी हुँदै उनले नयाँ वर्षको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिएका हुन् ।
उनले नेपाल संवत्को अवसरमा नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गरे । ‘यो वर्ष जति पनि नकारात्मक कुराहरू छन्, घृणा, प्रतिशोध, पूर्वाग्रह सबै कुराहरू पुरानो वर्षसँगै त्यागौँ र नयाँ वर्ष नयाँ उत्साह र नयाँ जोशका साथ सकारात्मकतासहित सुरु गरौँ,’ उनले भने ।
थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे ।
More politics
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar
- लुम्बिनीविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्नेNepal Khabar
- बालेन सरकारको काम गराइ हिन्दी जासुसी फिल्म जस्तो: प्रचण्डNepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar