Skip to main content
राजनीतिNagarik News

सङ्खुवासभाको खाँदबारीमा घरमै चट्याङ पर्दा दुई जना घाइते

Read the full story at Nagarik News

सङ्खुवासभाको खाँदबारीमा घरमै चट्याङ पर्दा दुई जना घाइते

सङ्खुवासभाको खाँदबारी नगरपालिका-४ सेकाहामा आइतबार साँझ हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर दुई जना घाइते भएका छन्। साँझ करिब ६:३० बजे घरमै बसिरहेका बेला परेको चट्याङ लागेर स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका-५ घर भई हाल खाँदबारी-४ स्थित मामाघरमा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार चट्याङका कारण गणेशप्रसादको निधार र दायाँ हातमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ।

अर्का घाइते सबिनको बायाँ हातमा चोट लागेको र अवस्था सामान्य रहेको उनले बताए। घाइते दुवै जनालाई घटनालगत्तै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा, खाँदबारी ल्याइएको छ। हाल उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनाको खबर पाउनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा उद्धार कार्य गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।