Skip to main content
राजनीतिRatopati

राफिन्हाबारे ब्राजिलको अनौठो निर्णय : बार्सिलोना स्तब्ध, दुई पक्षबिच नयाँ तनाव

Read the full story at Ratopati

राफिन्हाबारे ब्राजिलको अनौठो निर्णय : बार्सिलोना स्तब्ध, दुई पक्षबिच नयाँ तनाव

काठमाडौँ । ब्राजिलका कप्तान तथा बार्सिलोनाका स्टार खेलाडी राफिन्हालाई लिएर ब्राजिलियन फुटबल महासंघले गरेको एक अप्रत्याशित निर्णयले बार्सिलोनालाई स्तब्ध बनाएको छ । जापानविरुद्धको खेलमा रातो कार्ड पाएका राफिन्हा आगामी मंगलबार सिङ्गापुरविरुद्ध हुने मैत्रीपूर्ण खेलमा प्रतिबन्धका कारण खेल्न पाउने छैनन् । स्पेनिस पत्रिका ‘स्पोर्ट’ का अनुसार खेल्न नपाउने भए पनि राफिन्हा सिङ्गापुरमै राष्ट्रिय टोलीको क्याम्पमा रहनेछन् ।

ब्राजिलको यस कदमले ब्राजिलियन फुटबल महासंघ र बार्सिलोनाबिच नयाँ विवाद निम्त्याएको छ । जापानविरुद्धको खेलमा राफिन्हाले ७१ मिनेट मैदानमा बिताएका थिए । तर खेलको अन्तिम क्षणमा अवस्था तनावपूर्ण बन्यो । जोआओ गोम्समाथि प्रस्ट फाउल भएपछि भएको जापानको निर्णायक गोलविरुद्ध कडा विरोध जनाउँदा राफिन्हा र मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी दुवैले रातो कार्ड बेहोरेका थिए ।

ब्राजिलले अब अर्को मंगलबार सिङ्गापुरको नेसनल स्टेडियममा दोस्रो मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । एक खेलको प्रतिबन्धका कारण राफिन्हा मैदानमा उपस्थित हुन पाउने छैनन् । उता मुख्य प्रशिक्षक एन्सेलोटीलाई समेत बेन्चमा बस्न प्रतिबन्ध लगाइएकाले उनले उक्त खेलको जिम्मेवारी आफ्ना सहयोगी टोली (ब्याकरुम स्टाफ) लाई सुम्पनुपर्ने भएको छ ।