बालेनको भारत भ्रमणमा ११ अर्बको जुटको मुद्दा उठाउन उद्योगीको जोडबल, २० हजार किसानको भविष्य संकटमा
Read the full story at Bizmandu
विराटनगर। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा जुटका सामानमा अचानक लगाएको एन्टी डम्पिङ ड्युटी (एडीडी) घटाउने मुद्दालाई प्रमुखताका साथ उठाउन उद्योगीले माग राखेका छन्। ११ अर्ब रुपैयाँको निकासी प्रभावित भएको भन्दै प्रधानमन्त्री शाहले प्रमुखताका साथ उठाउनुपर्ने माग उनीहरुको हो। भारतले मध्यावधि समीक्षा गर्दै गत असोज ९ मा नेपालका जुट उत्पादनमा लाग्दै आएको एडीडी ५६ गुणासम्म वृद्धि गरेको थियो।
साथै आगामी जनवरीदेखि लागु हुने भन्दै उच्च दरको काउन्टर भ्यालिङ ड्युटी (सीभीडी)को तयारी पनि गरिरहेको छ। नेपाल जुट उद्योग संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले भारतले एडीडीमा अकल्पनीय वृद्धि गरेको बताए । उद्योगी मुन्दडाका अनुसार उद्योगीले पूर्वका किसानले गत असोज महिनामा उत्पादन गरेको कच्चाजुट केही न केही खरिद गरिरहेकै छन् र थोरै क्षमतामा भए पनि उद्योग संचालित अवस्थामै छन्। तर उद्योगीले विगतका वर्षकै अनुपात र लयमा स्वदेशी कच्चा जुट भने खरिद गरेका छैनन्।
उद्योगीले प्रधानमन्त्रीको भारतभ्रमणपछि मात्र कुन परिमाणमा जुट खरिद गर्ने भन्ने तय गर्नेछन्। मुन्दडाले भने, ‘हाम्रो सम्पूर्ण आसा भरोसा अब प्रधानमन्त्रीको भारत भ्रमण नै हो। यस भ्रमणमा भारतले नेपालका जुटसामग्रीमा लगाएको अत्यधिक आयात महसुल र गैरभन्सार अवरोध एक मुख्य एजेन्डा बन्ने हाम्रो विश्वास छ ।
More business
- एनपिएलः विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूराThaha Khabar
- फिल्म प्रचारमा कलाकार पक्राउको 'स्टन्ट', आलोचना भएपछि निर्माण टिमको स्पष्टीकरणRatopati
- कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदैOnlinekhabar (Nepali)
- कराँतेमा उमेर हद विवाद, अध्यक्ष र महासचिवबीच मतभेदOnlinekhabar (Nepali)
- Trump Invested Millions In Nvidia, Then Changed China Policy And Made Profit: ReportNDTV
- Pat Cummins’ $905,000 Moss Vale investment bought in 2017 sells for $1.16 million after eight monthsTimes of India