एनपिएलः विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
Read the full story at Thaha Khabar

काठमाडौँ : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सले विराटनगरविरुद्ध ४ विकेटको जित निकालेको छ। उसका लागि डार्सी सर्ट र आसिफ शेखले समान ४५र५, अलि शेखले २७ र सन्दीप जोराले अविजित २५ रन बनाए । विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले २ तथा रुपेश सिंह र चरिथ अशलङ्काले समान १र१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो ।
उसका लागि चरिथा अशलङ्काले अर्धशतकीय इनिङ खेले । उनले ४३ बलमा छ छक्का र एक चौकाको मद्दतमा ६४ रनको इनिङ खेलेका हुन् । यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रन जोडे । लुम्बिनी लायन्सका बलिङतर्फ किशोर महतोले २, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए ।
लुम्बिनीको यो जितपछि विराटनगरको प्लेअफ सम्भावना समाप्त भएको छ । विराटनगर पराजित भएसँगै प्लेअफ समीकरण पनि पूरा भएको छ । यसपटक लुम्बिनीका साथै सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाए ।
More business
- फिल्म प्रचारमा कलाकार पक्राउको 'स्टन्ट', आलोचना भएपछि निर्माण टिमको स्पष्टीकरणRatopati
- कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदैOnlinekhabar (Nepali)
- NCP merger talks ended with death of Ajit Pawar, says Supriya SuleThe Hindu
- कराँतेमा उमेर हद विवाद, अध्यक्ष र महासचिवबीच मतभेदOnlinekhabar (Nepali)
- Trump Invested Millions In Nvidia, Then Changed China Policy And Made Profit: ReportNDTV
- Pat Cummins’ $905,000 Moss Vale investment bought in 2017 sells for $1.16 million after eight monthsTimes of India