Skip to main content
वातावरणBizmandu

गोरखाको धार्चेमा सुक्खा पहिरो, ‘बुढीगण्डकीको बहाव थुन्ने र त्रास बढाउने अवस्था होइन’

Read the full story at Bizmandu

गोरखाको धार्चेमा सुक्खा पहिरो, ‘बुढीगण्डकीको बहाव थुन्ने र त्रास बढाउने अवस्था होइन’

काठमाडौं। गोरखाको धार्चे गाउँपालिका-१ को ठाडो भर्‍याङ भन्ने स्थानमा पहिरो खसेको छ। शनिबार बिहान साढे ८ बजेतिर ठूलो सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोका कारण कुनै पनि क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनिलकुमार खड्काले बताए।

‘मानवीय, चौपाया केही पनि क्षति भएको छैन। अहिले पहिरो रोकिएको छ,’ उनले भने। त्यस्तै पहिरोले बुढीगण्डकी नदीको बहाव थुन्न सक्ने त्रास बढाएको थियो। तर अहिले पहिरो रोकिएकाले खोलासम्म नपुगेको हुँदा त्रास मुक्त भएको स्थानीयले जानकारी दिए।

माटो, बालुवा र ढुंगासहितको पहिरो खसेको थियो। नेपाल प्रहरी र सशस्त्रको टोली प्रभावित क्षेत्रमा पुगिसकेका छन्। The post गोरखाको धार्चेमा सुक्खा पहिरो, ‘बुढीगण्डकीको बहाव थुन्ने र त्रास बढाउने अवस्था होइन’ appeared first on BIZMANDU .

In English

Dry landslide in Gorkha's Dharche, 'not a situation to block Budhigandaki flow or increase panic'

A large dry landslide occurred at a place called Thado Bharyang in Dharche Rural Municipality-1 of Gorkha at around 8:30 AM on Saturday. According to SP Anilkumar Khadka of the District Police Office, Gorkha, there has been no loss of human life or livestock due to the landslide. After the landslide consisting of soil, sand, and stones fell, there was increased panic among the locals that the flow of the Budhigandaki River might be blocked. However, locals have informed that the panic has subsided as the landslide has now stopped and has not reached the river. Upon receiving information about the incident, a team of Nepal Police and Armed Police Force has already reached the affected area. The police have stated that the landslide has now completely stopped and there is no further risk.

Machine translation — the original above is the story as filed.