अझै बलियो भएर फर्किने ट्रम्पको वाचा
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, एएफपी । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बलियो भएर फर्किने वाचा गरेका छन् । निर्वाचन परिणामसँगै डेमोक्रेटहरूले राष्ट्रपति र उहाँका प्रशासनका उच्च अधिकारीमाथि अनुसन्धान अघि बढाउने चेतावनी दिएपछि अमेरिकी राजनीतिमा टकराव चुलिएको छ ।
कङ्ग्रेसका दुवै सदनका समितिमा नियन्त्रण पाउने डेमोक्रेटहरूले ट्रम्प परिवारको व्यापार तथा क्रिप्टोकरेन्सी कारोबार, एलन मस्कसँग सम्बन्धित सरकारी सम्झौता, आप्रवासन नीति र इरान युद्ध सञ्चालनलगायत विषयमा अनुसन्धान गर्न सक्नेछन् । उनीहरूले अधिकारीहरूलाई बयानका लागि बोलाउन र सार्वजनिक सुनुवाइ गर्न पनि पाउनेछन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत निर्वाचन परिणामलाई अमेरिकाका लागि ठूलो धक्का भन्दै आफूहरू अझ बलियो भएर फर्किने बताएका छन् ।
उनले प्रशासनका सदस्यलाई महाभियोग लगाउने डेमोक्रेटहरूको चेतावनीलाई दबाब सिर्जना गर्ने प्रयास भन्दै न्याय मन्त्रालयलाई अनुसन्धान गर्न निर्देशन दिएको पनि बताएका छन् । यसैबीच, ट्रम्पले कडा आप्रवासन नीतिका योजनाकार स्टीफन मिलरलाई नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् । उपराष्ट्रपति जेडी भान्ससहित केही रिपब्लिकन नेताहरूले भने निर्वाचनमा पार्टीको पराजयको कारण समीक्षा गर्नुपर्ने बताएका छन् ।
More politics
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar
- तेस्रो एनपीएलमा पोखराका ओपनर सामराले हाने पहिलो शतकNepal Khabar
- सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)Nepal Khabar
- एनभिडियाका सीईओ जेन्सेनकी प्रेमिका चिनियाँ जासुस रहेको आरोपले अमेरिकामा हलचलNepal Khabar