पुछारदेखि शीर्षसम्म लुम्बिनीको यात्रा, अब उपाधि रक्षाको लक्ष्य
Read the full story at Onlinekhabar (Nepali)

तीन संस्करणको यात्रामा लुम्बिनीले गरेको सुधार टोलीको प्रदर्शन र संयोजनमा देखिएको छ। यसपटक सुरुदेखि निरन्तर राम्रो प्रदर्शन गर्दै लुम्बिनीले आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरेको छ। २८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सबैभन्दा कमजोर प्रदर्शन गरेको लुम्बिनी लायन्सले तीन सिजनमै आफूलाई प्रतियोगिताको बलियो टोलीका रूपमा स्थापित गरेको छ। पहिलो संस्करणमा पुछारमा रहेको लुम्बिनी दोस्रो संस्करणमा च्याम्पियन बन्यो।
तेस्रो संस्करणमा पनि आफ्नो लय कायम राख्दै राउन्ड रोबिन चरण शीर्ष स्थानमा पूरा गरेको छ। अब टोलीसामु अघिल्लो संस्करणको उपाधि रक्षा गर्ने चुनौती छ। लुम्बिनीले सात खेलबाट ११ अंक जोड्दै पहिलो क्वालिफायरमा स्थान बनाएको छ। पाँच खेलमा जित निकालेको टोलीले एक खेलमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो। लुम्बिनीको यो सफलता पहिलो संस्करणको प्रदर्शनसँग तुलना गर्दा उल्लेखनीय छ।
पहिलो संस्करणमा सातमध्ये एक खेल मात्रै जितेको लुम्बिनी अंकतालिकाको पुछारमा थियो। दोस्रो संस्करणमा भने टोलीले कठिन परिस्थितिबाट पुनरागमन गर्दै प्लेअफमा स्थान बनायो र उपाधि नै जित्यो। यसपटक पनि सुरुदेखि निरन्तर राम्रो प्रदर्शन गर्दै लुम्बिनीले आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरेको छ। तीन संस्करणको यात्रामा लुम्बिनीले गरेको सुधार टोलीको प्रदर्शन र संयोजनमा देखिएको छ।
More politics
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- घाइते भएपछि पेभेलियन फर्किए इमरानNepal Khabar
- नयाँ नेतृत्व चयनको स्वीकृति र निलम्बन फुकुवाका लागि एन्फाको आग्रहNepal Khabar