युवाहरू राजनीतिबाट टाढिनु हुन्न : शंकर पोखरेल
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, लमजुङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । बिहीबार लमजुङको बेँसीसहरमा आयोजित युवा तथा विद्यार्थी अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र समाज निर्माणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै युवाहरू राजनीतिबाट टाढिन नहुने बताएका हुन् ।
महासचिव पोखरेलले देशमा परिवर्तन ल्याउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै राजनीतिलाई बुझेर नेतृत्वदायी भूमिकामा अघि बढ्न युवाहरूलाई आग्रह गरे । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सञ्चारलगायत क्षेत्रमा विकासलाई तीव्रता दिन सके मात्रै देश समृद्धिको दिशामा अघि बढ्ने उनले बताए । देशको आर्थिक तथा रोजगारीको अवस्थाबारे चर्चा गर्दै पोखरेलले पहिले करिब ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेकामा पछिल्लो समय कृषि पेसा छाड्ने क्रम बढिरहेको बताए ।
कृषि पेसाबाट बाहिरिने जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जाने क्रम बढेको उनको भनाइ छ । स्वदेशमा रोजगारीका अवसर सृजनाका लागि निजी तथा सेवामूलक क्षेत्रको विकास आवश्यक रहेकामा महासचिव पोखरेलले जोड दिए । ती क्षेत्रको पर्याप्त विस्तार हुन नसक्दा नागरिकले अपेक्षाअनुसार विकासको अनुभूति गर्न नसकेको उनले बताए ।
More business
- साढे २४ खर्बका २३ परियोजनामा लगानी खोज्दै सरकारNepal Khabar
- १०० अर्ब डलरको अर्थतन्त्र बनाउन पूर्वाधारमा लगानी आवश्यक : पाण्डेNepal Khabar
- पूर्वाधार विकासमा स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिन मागNepal Khabar
- पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैन : अर्थमन्त्री वाग्लेNepal Khabar
- एलजीका घरायसी उपकरणमा २५ प्रतिशतसम्म ‘क्यासब्याक’, दशैँ–तिहार अफर छठसम्म (भिडिओ)Nepal Khabar
- गोकर्णेश्वरमा प्रहरीमाथि आक्रमण, गो’ ली चलाएर समातियो अपराधीNagarik News