Skip to main content
राजनीतिNagarik News2 outlets covering

विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

Read the full story at Nagarik News

विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा केही बेरअघि भएको टसमा लम्बिनीका कप्तान रोहितकुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिनुभएको हो । आजको खेल विराटनगरका लागि महत्त्वपूर्ण छ । लुम्बिनीलाई हराउन सके विराटनगरको प्लेअफ सम्भावना कायमै रहनेछ ।

पराजय व्यहोरेमा उसको प्लेअफ यात्रा समाप्त हुनेछ । विराटनगर यो खेल जित्नैपर्ने दबाबमा छ । लुम्बिनीले भने एक खेलअगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । उसले छ खेल खेल्दा चारमा जित, एक खेलमा पराजय र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

ऊ अहिले तालिकाको दोस्रो स्थानमा छ । तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगरले छ खेल खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ । जारी संस्करणमा अहिलेसम्म सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान सुरक्षित गरेका छन् ।

In English

Lumbini Lions to field against Biratnagar Kings

Lumbini Lions have won the toss and chosen to field against Biratnagar Kings in the third edition of the Nepal Premier League (NPL) T20 cricket tournament. Lumbini captain Rohit Kumar Paudel decided to field first during the toss held a short while ago at the Tribhuvan University International Cricket Ground in Kirtipur. Today's match is important for Biratnagar. If they can defeat Lumbini, Biratnagar's playoff chances will remain alive. If they suffer a defeat, their playoff journey will come to an end. Biratnagar is under pressure to win this match. Lumbini, however, has already secured a spot in the playoffs with one game to spare. In six matches played, they have secured four wins, one defeat, and shared points in one match due to rain. They are currently in second place in the table. Biratnagar, which is in fifth place in the table, has faced three wins and three losses in six matches. In the current edition, Sudurpaschim Royals and Lumbini Lions have secured their spots in the playoffs so far.

Machine translation — the original above is the story as filed.