Skip to main content
राजनीतिRatopati

रुसको अन्तरिक्ष अभियानमा निजी क्षेत्रको फड्को, दुई उपग्रह प्रक्षेपण

Read the full story at Ratopati

रुसको अन्तरिक्ष अभियानमा निजी क्षेत्रको फड्को, दुई उपग्रह प्रक्षेपण

रुसले शनिबार सुदूरपूर्वी क्षेत्रमा रहेको भोस्तोच्नी अन्तरिक्ष केन्द्रबाट ‘सोयुज–२.१बी’ रकेटमार्फत निजी क्षेत्रका कम्पनीले विकास गरेका दुई पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण गरेको छ । रुसको राष्ट्रिय अन्तरिक्ष परियोजनाअन्तर्गत निजी क्षेत्रका उपग्रह प्रक्षेपणका लागि सरकारी अनुदान प्राप्त भएको यो पहिलो अवसर हो ।

रुसको सरकारी अन्तरिक्ष निगम ‘रोस्कोस्मोस’का अनुसार, ‘प्रोग्रेस रकेट स्पेस सेन्टर’ले निर्माण गरेको उक्त रकेट मस्को समयअनुसार शनिबार बिहान ४ बजेर १६ मिनेटमा प्रक्षेपण गरिएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार, निजी कम्पनीहरूले विकास गरेका उपग्रहलाई मुख्य पेलोडका रूपमा राखेर गरिएको यो रुसको पहिलो प्रक्षेपण हो ।

यसलाई देशको अन्तरिक्ष क्षेत्रमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।