Skip to main content
राजनीतिRatopati

अन्तिम ओभरमा राम्रो गर्न सकेनौँ, ओस र फिल्डिङले पनि असर गर्‍यो : असलंका

Read the full story at Ratopati

अन्तिम ओभरमा राम्रो गर्न सकेनौँ, ओस र फिल्डिङले पनि असर गर्‍यो : असलंका

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगर किङ्ग्सका कप्तान चारिथ असलंकाले अन्तिम ओभरमा राम्रो बलिङ गर्न नसक्दा हार बेहोर्नुपरेको बताएका छन् । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै असलंकाले आफ्नो टोलीले राम्रो रन बनाए पनि त्यसलाई जोगाउन नसकेको बताए । उनले ओसका कारण बलिङ गर्न कठिन भएको र फिल्डिङमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । ‘यस्तो पिचमा हामीले राम्रो स्कोर बनाएका थियौँ। पिचमा स्पिनरले पनि टर्न पाइरहेका थिए ।

तर अन्तिम १० ओभरमा हामीले राम्रो गर्न सकेनौँ। लुम्बिनीका ब्याटरहरूले भने राम्रो ब्याटिङ गरे,’ उनले भने । अन्तिम दुई ओभरमा ३३ रन बचाउनुपर्ने अवस्थामा पनि आफूलाई बलरहरूमाथि विश्वास रहेको उनले बताए । तर दोस्रो इनिङ्समा मैदानमा ओस परेका कारण बलिङ गर्न कठिन भएको उनको भनाइ छ । ‘दोस्रो इनिङ्समा बलिङ गर्न निकै गाह्रो हुन्छ । यहाँ चाँडै ओस पर्छ ।

ओसिलो बलका कारण ब्याटरहरूलाई केही सहज भयो। विशेषगरी बलरहरूका लागि यो कठिन थियो,’ उनले भने । टोलीका महत्त्वपूर्ण खेलाडी एन्जेलो म्याथ्युज नहुँदा पावरप्लेमा केही समस्या भएको पनि असलंकाले स्वीकार गरे । प्रतियोगिताभर म्याथ्युजले पावरप्लेमा राम्रो बलिङ गर्दै विकेट लिएको उल्लेख गर्दै उनले उनको अनुपस्थिति खट्किएको बताए । यद्यपि, उपलब्ध खेलाडीले पनि राम्रो प्रदर्शन गर्न सक्नुपर्ने उनको भनाइ थियो ।