Skip to main content
अर्थतन्त्रBizmandu

लक्ष्मीपूजामा विद्युत् खपतले बनायो नयाँ रेकर्ड, राष्ट्रिय माग १ हजार ८१३ मेगावाट पुग्यो

Read the full story at Bizmandu

काठमाडौं। यस वर्षको लक्ष्मीपूजाका दिन विद्युत् खपतले नयाँ रेकर्ड बनाएको छ। लक्ष्मीपूजाको साँझ देशभरको विद्युत् माग १ हजार ८१३ मेगावाट पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ६८ मेगावाट बढी हो। नेपाल विद्युत् प्राधिकरणका अनुसार २०८३ कात्तिक २२ गते लक्ष्मीपूजाका दिन साँझ ६:१५ बजे राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको हो।

अघिल्लो वर्ष २०८२ कात्तिक ३ गते लक्ष्मीपूजाका दिन राष्ट्रिय माग १ हजार ७४५ मेगावाट थियो। त्यस्तै, २०८१ सालको लक्ष्मीपूजामा यस्तो माग १ हजार ६०२.२ मेगावाट थियो। तीन वर्षको तथ्याङ्क हेर्दा लक्ष्मीपूजाका दिन विद्युत् खपत निरन्तर बढिरहेको देखिन्छ। २०८१ को तुलनामा यस वर्ष राष्ट्रिय विद्युत् माग २१०.८ मेगावाट अर्थात् करिब १३.२ प्रतिशतले बढेको छ। काठमाडौं उपत्यकामा पनि विद्युत् खपत उल्लेख्य बढेको छ।

यस वर्ष लक्ष्मीपूजाका दिन उपत्यकाको अधिकतम विद्युत् माग ४८९.५ मेगावाट पुगेको छ। २०८२ मा ४०२.४९ मेगावाट रहेको यस्तो माग २०८१ मा ३८०.५ मेगावाट थियो। उत्पादन र निर्यातको अवस्था यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत् प्रणालीमा कुल २ हजार ४००.३० मेगावाट विद्युत् उपलब्ध थियो। यसमध्ये राष्ट्रिय खपत १ हजार ८१३ मेगावाट र निर्यात ५८७.३० मेगावाट रहेको थियो।