काभ्रेको सुन्डीखोलामा पौने दुई करोडमा पुल निर्माण
Read the full story at Onlinekhabar (Nepali)

२२ कात्तिक, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ । एक करोड ७९ लाख रुपैयाँको लागतमा सो पुल निर्माण गरिएको हो ।
पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका–२ स्थित एम÷एस लामा प्रगति निर्माण सेवाबीच पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । धुलिखेल नगरपालिका–१० का वडाध्यक्ष गोविन्दप्रसाद भण्डारीले उक्त क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएकाले पुल निर्माण गरिएको बताए । पुल सञ्चालनमा आएपछि सवारी आवागमन सहज र सुरक्षित हुनुका साथै स्थानीय कृषि उपज बजारसम्म पुर्याउन तथा आर्थिक गतिविधि बढेको उनले बताए ।
पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाका साथै उक्त मार्ग हुँदै आवतजावत गर्ने यात्रुलाई सहज हुने तथा एम्बुलेन्सलगायतका आपतकालीन सेवा सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
More business
- दूरसञ्चार कम्पनीको संकट टार्न नयाँ व्यवस्था गरिँदै, २० अर्बको नवीकरण बोझ हट्नेNepal Khabar
- एक करोडको कारोबार गर्दै ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ सम्पन्नNepal Khabar
- लक्ष्मीपूजामा विद्युत्को ‘पिक लोड’ १८१३ मेगावाट, ५८७ मेगावाट विद्युत् भारत निर्यातNepal Khabar
- काठमाडौंमा कारको ठक्करबाट एक महिलाको मृत्युDC Nepal
- लक्ष्मीपूजामा विद्युत् खपतले बनायो नयाँ रेकर्ड, राष्ट्रिय माग १ हजार ८१३ मेगावाट पुग्योBizmandu
- ‘प्रिय कर्णाली’मा इतिहास, संस्कृति र सामाजिक रूपान्तरणका विविध पक्षमाथि विमर्शDC Nepal