Skip to main content
अर्थतन्त्रNepal Khabar

लक्ष्मीपूजामा विद्युत्को ‘पिक लोड’ १८१३ मेगावाट, ५८७ मेगावाट विद्युत् भारत निर्यात

Read the full story at Nepal Khabar

लक्ष्मीपूजामा विद्युत्को ‘पिक लोड’ १८१३ मेगावाट, ५८७ मेगावाट विद्युत् भारत निर्यात

प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा गम्भीर क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ। आन्तरिक विद्युत् माग पूरा गर्दै भारततर्फ विद्युत् निर्यातसमेत भएको छ। आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

उक्त समयमा कुल प्रणालीको पिक भार २ हजार ४००.३० मेगावाट रहेकामा ५८७‍.३० मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो। प्रणालीमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीमा ठूलो क्षति पुगेको अवस्थामा पनि विद्युतको उच्चतम माग व्यवस्थापन गर्न सफल भएकोमा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र आम उपभोक्तालाई धन्यवाद दिएका छन्।

मन्त्री श्रेष्ठ आइतबार साँझ ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा प्राधिकरणका उच्च व्यवस्थापनकसहित प्राधिकरणको भार प्रेषण केन्द्रमा पुगेर विद्युतको माग र आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए। उनले विगत तीन वर्षको लक्ष्मीपूजाको दिनको विद्युत् माग र आपूर्तिको तथ्यांक विश्लेषण गर्दै यस वर्ष चुनौतीपूर्ण परिस्थितिमा समेत माग व्यवस्थापन हुनु सकारात्मक उपलब्धि भएको बताए।