गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता
Read the full story at Nagarik News

भारत, हिमाचल प्रदेशको शिमलामा गान्धी परिवारबारे सामाजिक सञ्जालमा आपत्तिजनक र भड्काउ टिप्पणी गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा) सांसद तथा अभिनेत्री कंगना रनौतमाथि एफआईआर दर्ता भएको छ। शिमला निवासी क्याप्टेन अतुल शर्माको उजुरीका आधारमा प्रहरीले भारतीय न्याय संहिता (बीएनएस) का धारा १९६, ३५३ र ३५६ अन्तर्गत मुद्दा दर्ता गरेको हो। शर्माले कंगनाले नोभेम्बर १० मा आफ्नो प्रमाणित सामाजिक सञ्जाल ह्यान्डलबाट गान्धी परिवारलाई लक्षित गर्दै विभिन्न पोस्ट गरेको आरोप लगाएका छन्। कंगनाले आफ्नो पोस्टमा इन्दिरा गान्धी, सञ्जय गान्धी र राजीव गान्धीको मृत्युका घटनामाथि प्रश्न उठाएकी थिइन्।
उनले सोनिया गान्धीलाई ‘रहस्यमय विदेशी नागरिक’ भन्दै गान्धी परिवारका सदस्यहरूको मृत्युपछि उनी राजनीतिक रूपमा अगाडि बढेको संकेत गरेकी थिइन्। पोस्टको अन्त्यमा उनले ‘कति सुविधाजनक!’ लेखेकी थिइन्। कंगनाले सञ्जय गान्धीको मृत्युपछि उनकी पत्नी मेनका गान्धीलाई परिवारको घरबाट निकालिएको विषयमा पनि प्रश्न उठाएकी थिइन्। उनले गान्धी परिवारभित्र भएका विभिन्न घटनालाई जोड्दै सोनिया गान्धीको भूमिकाबारे प्रश्न गरेकी हुन्।
उजुरीकर्ता शर्माले यस्ता पोस्टले सामाजिक तथा राजनीतिक वातावरण बिगार्न सक्ने बताएका छन्। उनका अनुसार यस्ता टिप्पणीले विभिन्न समूहबिच वैमनस्य फैलाउन र सार्वजनिक शान्तिमा असर पर्न सक्छ।
In English
FIR registered against Kangana after objectionable post about the Gandhi family
A First Information Report (FIR) has been registered against Indian People's Party (BJP) Member of Parliament and actress Kangana Ranaut in Shimla, Himachal Pradesh, India. The police have initiated the case under Sections 196, 353, and 356 of the Indian Penal Code based on a complaint filed by Captain Atul Sharma of Shimla. The complainant alleges that Kangana made objectionable and provocative comments targeting the Gandhi family on her social media on November 10. Kangana had raised questions about the deaths of Indira, Sanjay, and Rajiv Gandhi and expressed doubts about Sonia Gandhi's role. According to Sharma, such posts can harm social harmony, hence a demand for legal action, including a cyber forensic investigation, has been made. Shimla police are currently investigating the incident. However, no official response has been released so far on behalf of Kangana Ranaut regarding this matter.
Machine translation — the original above is the story as filed.
More politics
- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान, मङ्सिर ४ गतेसम्मको समय सीमाNepal Khabar
- ‘अपरेसन सिन्दूर’पछि पहिलोपटक भारत भ्रमण गर्दै पाकिस्तानी मन्त्रीNepal Khabar
- डेविड मिलर, वाट र तलात सगरमाथाको आधार शिविरमाNepal Khabar
- विराटनगरद्वारा लुम्बिनीसामु १ सय ६७ रनको लक्ष्य प्रस्तुतNepal Khabar
- राशिफल २९ कात्तिक : मिथुनको धार्मिक भ्रमण हुने, सिंहलाई साथीको सम्झनाले सताउने, तपाईँको दिन कस्तो?Nepal Khabar
- चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रहNepal Khabar