लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात
Read the full story at Onlinekhabar (Nepali)

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग (पिक लोड) १ हजार ८१३ मेगावाट पुगेको हो । २२ कात्तिक, काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग (पिक लोड) १ हजार ८१३ मेगावाट पुगेको हो ।
उक्त समयमा देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ४००.३० मेगावाट रहेको थियो । आन्तरिक माग पूरा गरेपछि बाँकी ५८७.३० मेगावाट विद्युत् भारत र बंगलादेशमा निर्यात गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पिक लोडको समयमा निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट १ हजार ५३६.५० मेगावाट विद्युत् उत्पादन भएको थियो । त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, प्राधिकरणका जलाशय तथा नदी प्रवाही (आरओआर र पीआरओआर) आयोजनाबाट ३४२.३० मेगावाट र स्टोरेज आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भएको थियो ।
लक्ष्मीपूजाको दिन विद्युत् प्रणालीमा कुनै अवरोध (पावर इन्टरप्सन) नभएको प्राधिकरणले जनाएको छ । यस अवधिमा प्रणालीको फ्रिक्वेन्सी ५०.१२० हर्ज कायम रहेको थियो ।
More business
- दूरसञ्चार कम्पनीको संकट टार्न नयाँ व्यवस्था गरिँदै, २० अर्बको नवीकरण बोझ हट्नेNepal Khabar
- एक करोडको कारोबार गर्दै ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ सम्पन्नNepal Khabar
- ‘प्रिय कर्णाली’मा इतिहास, संस्कृति र सामाजिक रूपान्तरणका विविध पक्षमाथि विमर्शDC Nepal
- नौ कक्षाको परीक्षामा राम्रो अंक ल्याएपछि बुवाले दिए साढे तीन करोडको कार उपहारNagarik News
- लक्ष्मी पूजामा फूलको व्यापक व्यापार, तिहारभर साढे ६४ करोडको कारोबार आकलनNagarik News
- मर्दीको प्राकृतिक सौन्दर्यले तान्यो पर्यटक, बढ्दो चापले बास व्यवस्थापनमा थपियो चुनौतीBizmandu