नौ कक्षाको परीक्षामा राम्रो अंक ल्याएपछि बुवाले दिए साढे तीन करोडको कार उपहार
Read the full story at Nagarik News

भारतको पश्चिम बंगालमा नौ कक्षाको अर्धवार्षिक परीक्षामा राम्रो अंक ल्याएपछि १५ वर्षीय एक विद्यार्थीले बुबाबाट करिब साढे तीन करोड रुपैयाँ मूल्यको बीएमडब्ल्यू कार उपहार पाएका छन्। कक्षा ९ मा अध्ययनरत मोहम्मद तल्हालाई उनका बुबा शमसुद्दीन मिद्याले बीएमडब्ल्यू एम४ कम्पिटिसन कार दिएका हुन्। उक्त कारको मूल्य दुई करोड ३० लाख भारतीय रुपैयाँ अर्थात् करिब तीन करोड ६८ लाख ५५ हजार नेपाली रुपैयाँ पर्छ। आजतक का अनुसार पश्चिम बंगालको पूर्वी बर्दवान जिल्लास्थित गलसी क्षेत्रको पराज गाउँमा शमसुद्दीन परिवारसहित बस्छन्। उनका छोरा तल्हा स्थानीय विद्यालयमा अध्ययनरत छन्।
बुबाका अनुसार तल्हाले लामो समयदेखि बीएमडब्ल्यू एम४ कम्पिटिसन कार चढ्ने इच्छा राख्दै आएका थिए। उनले धेरै पहिले नै 'अब्बा, मलाई बीएमडब्ल्यू चाहिन्छ' भनेका थिए। अर्धवार्षिक परीक्षामा राम्रो नतिजा आएपछि शमसुद्दीनले छोराको इच्छा पूरा गर्ने निर्णय गरे। त्यसपछि उनी मुम्बई गएर अन्धेरीस्थित एक गाडी बिक्री केन्द्रबाट नयाँ बीएमडब्ल्यू एम४ कम्पिटिसन किने। गत शुक्रबार विशेष कन्टेनरमा राखेर उक्त कार पराज गाउँ पुर्याइएको थियो।
शमसुद्दीनको संघर्षको कथा पनि रोचक छ। अहिले उनी सफल चामल व्यापारीका रूपमा चिनिन्छन्। तर कुनै समय उनी मुम्बईको फिल्म उद्योगमा लाइट म्यानका रूपमा काम गर्थे। सन् २००३ मा रोजगारीको खोजीमा मुम्बई पुगेका उनी करिब सात वर्ष त्यहाँ बसे।
More business
- दूरसञ्चार कम्पनीको संकट टार्न नयाँ व्यवस्था गरिँदै, २० अर्बको नवीकरण बोझ हट्नेNepal Khabar
- एक करोडको कारोबार गर्दै ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ सम्पन्नNepal Khabar
- ‘प्रिय कर्णाली’मा इतिहास, संस्कृति र सामाजिक रूपान्तरणका विविध पक्षमाथि विमर्शDC Nepal
- लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यातOnlinekhabar (Nepali)
- लक्ष्मी पूजामा फूलको व्यापक व्यापार, तिहारभर साढे ६४ करोडको कारोबार आकलनNagarik News
- मर्दीको प्राकृतिक सौन्दर्यले तान्यो पर्यटक, बढ्दो चापले बास व्यवस्थापनमा थपियो चुनौतीBizmandu