मर्दीको प्राकृतिक सौन्दर्यले तान्यो पर्यटक, बढ्दो चापले बास व्यवस्थापनमा थपियो चुनौती
Read the full story at Bizmandu
कास्की। छोटो समयमै हिमालको फेदीसम्म पुग्न सकिने, गुराँसे वन र शान्त वातावरणमा पदयात्रा गर्न पाइने तथा एउटै पदमार्गबाट १३ वटा हिमचुचुराको दृश्यावलोकन गर्न सकिने विशेषताले कास्कीको मर्दी हिमाल पदमार्ग पर्यटकको रोजाइमा पर्दै गएको छ। पोखराबाट नजिकै रहेको यो गन्तव्यमा पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकको चाप उल्लेख्य बढेको छ। अन्य कतिपय पदयात्रा मार्गको तुलनामा कम जोखिमयुक्त मानिने मर्दीमा छोटो बिदामै हिमाली सौन्दर्यको अनुभव लिन सकिन्छ।
दसैँ–तिहारको बिदा र अनुकूल मौसमका कारण अहिले यहाँ दैनिक ६०० देखि ७०० जनासम्म पर्यटक पदयात्रामा जाने गरेका छन्। पर्यटकको बढ्दो आगमनले स्थानीय पर्यटन व्यवसायमा चहलपहल बढाए पनि आवास व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको छ। मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन उल्लेख्य बढेको छ। असोजदेखि नै पर्यटकको चाप बढेपछि होटलमा कोठा व्यवस्थापन गर्न कठिनाइ हुन थालेको उनले बताए।
होटलको क्षमताभन्दा बढी पर्यटक पुग्दा कतिपयलाई टेन्ट र डाइनिङ हलमा समेत राख्नुपर्ने अवस्था आएको छ। मर्दीको हाइक्याम्पमा अहिले १४ वटा होटल सञ्चालनमा छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले होटल तथा शय्या सङ्ख्या निश्चित गरेकाले पर्यटकीय याममा मागअनुसार आवास सुविधा थप्न सकिएको छैन।
More business
- दूरसञ्चार कम्पनीको संकट टार्न नयाँ व्यवस्था गरिँदै, २० अर्बको नवीकरण बोझ हट्नेNepal Khabar
- एक करोडको कारोबार गर्दै ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ सम्पन्नNepal Khabar
- ‘प्रिय कर्णाली’मा इतिहास, संस्कृति र सामाजिक रूपान्तरणका विविध पक्षमाथि विमर्शDC Nepal
- लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यातOnlinekhabar (Nepali)
- नौ कक्षाको परीक्षामा राम्रो अंक ल्याएपछि बुवाले दिए साढे तीन करोडको कार उपहारNagarik News
- लक्ष्मी पूजामा फूलको व्यापक व्यापार, तिहारभर साढे ६४ करोडको कारोबार आकलनNagarik News