Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

कोप–३१ मा सहभागी हुँदै ५ जना सांसद्

Read the full story at Onlinekhabar (Nepali)

कोप–३१ मा सहभागी हुँदै ५ जना सांसद्

२८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालका पाँच जना सांसद् सहभागी हुँदैछन् । संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीसहित पाँच जना सांसद् टर्कीए जान लागेका हुन् ।

कोप ३१ मा जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन, जलवायु वित्त, हानि तथा क्षति र स्वच्छ ऊर्जा संक्रमण लगायतका विश्वव्यापी मुद्दामा छलफल भइरहेको छ । सम्मेलनमा नेपालको तर्फबाट हिमाल तथा हिमनदीको संरक्षण, जलवायु न्याय, अनुदानमा आधारित जलवायु वित्त र जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका सवाललाई प्राथमिकताका साथ उठाइएको छ । सभापति चौधरीले सम्मेलनका क्रममा जलवायु परिवर्तनका चुनौती, संसदीय सहकार्य, क्षेत्रीय साझेदारी तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई प्रभावकारी नीतिगत कार्यान्वयनमा रूपान्तरण गर्ने विषयमा सहभागिता जनाउनेछन् ।

सभामुखस्तरीय निर्णयबाट कोप ३१ मा सहभागी सांसदहरूमा चौधरीसहित आशिष गजुरेल, राम लामा, अर्जुन कुमार कार्की र कमल सुवेदी रहेका छन् ।