महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित
Read the full story at Nagarik News

भारतको अक्वा एफसी झारखण्डलाई ७-० गोलअन्तरले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लब प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि २२औँ मिनेटपछि अक्वाका खेलाडीबाट आत्मघाती गोल भएपछि एपिएफले अग्रता दोब्बर बनायो। खेलको २९औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल थपेपछि पहिलो हाफमा एपिएफले ३-० को अग्रता बनाएको थियो।
दोस्रो हाफको १३औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरेका थिए। त्यसको चार मिनेटपछि हेडमार्फत गोल गर्दै उनले ह्याट्रिक पूरा गरे। खेलको ७८औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत थप एक गोल गरेका थिए। खेल सकिन एक मिनेट बाँकी रहँदा रश्मिकुमारीले व्यक्तिगत दोस्रो गोल थपेपछि एपिएफ ७-० गोलअन्तरले विजयी भएको हो।
खेलको ‘म्यान अफ दी म्याच’ एपिएफकी पूर्णिमा राई घोषित भइन्। उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिए। प्रतियोगिताअन्तर्गत आज (आइतबार) आयोजक स्वर्णिम फुटबल क्लब धरान र गाईघाट फुटबल क्लब उदयपुरबिच प्रतिस्पर्धा हुनेछ।
More sports
- एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्नेThaha Khabar
- खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदकDC Nepal
- कैलालीमा जुवातास खेलेको आरोपमा १० जना पक्राउOnlinekhabar (Nepali)
- महिला अन्तर्राष्ट्रिय गोल्डकप– एपिएफ सेमिफाइनलमाSetopati
- हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुनेNagarik News
- नेसन्स लिगमा डेनमार्कसँग पोर्चुगल ४–१ गोलले पराजितRatopati