नेसन्स लिगमा डेनमार्कसँग पोर्चुगल ४–१ गोलले पराजित
Read the full story at Ratopati

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा डेनमार्कले पोर्चुगलमाथि ४–१ गोलको फराकिलो जित हात पारेको छ । ब्रागास्थित ‘इस्टाडियो म्युनिसिपल’ रङ्गशालामा सम्पन्न समूह ‘डी’ को पाँचौँ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा रहेको डेनमार्कले शीर्ष स्थानको पोर्चुगललाई स्तब्ध बनाएको हो ।
खेलको ४३ औँ मिनेटमा पिएरे–एमिल होइबियरले पेनाल्टीमार्फत गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा थप आक्रामक बनेको डेनमार्कका लागि रास्मस होइलुन्डले ५० औँ र ५७ औँ मिनेटमा लगातार दुई गोल गरे भने ७५ औँ मिनेटमा जोआकिम एन्डरसनले गोल थपे। पोर्चुगलका लागि इन्जुरी समयको चौथो मिनेटमा बर्नान्डो सिल्भाले एक सान्त्वना गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
समूहका ५ खेल सकिँदासम्म पोर्चुगल तालिकाको पहिलो र डेनमार्क दोस्रो स्थानमा रहेका छन् । यसै खेलअघि अन्तर्राष्ट्रिय फुटबलबाट २३ वर्ष लामो खेलजीवनपछि हालै सन्न्यास लिएका ४१ वर्षीय स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अभूतपूर्व सम्मान र बिदाइ गरिएको थियो । रोनाल्डोको अतुलनीय योगदानको कदर गर्दै युइएफएको विशेष अनुमतिमा पोर्चुगलका सबै खेलाडीले ‘७ नम्बर’ अङ्कित जर्सी लगाएर मैदानमा ओर्लिएका थिए ।
More sports
- Ronaldo-less Portugal thrashed 4-1 by Denmark in the Nations LeagueAl Jazeera
- Rod Anderson spent 81 years not knowing his father till a DNA match connected him with his half-sisterTimes of India
- दशौँ राष्ट्रिय खेलकुद: कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोटRatopati
- NFL Hall of Famer Fran Tarkenton buys $51.89 million Palm Beach mansion; sellers had paid $12.65 million in 2019Times of India
- फुटबल एकेडेमी चलाउन सहाराको देउसीभैलो, साढे ११ लाख जुट्योRatopati
- महिला अन्तर्राष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमाRatopati