दशौँ राष्ट्रिय खेलकुद: कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट
Read the full story at Ratopati

महेन्द्रनगर । कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट कुस्तीतर्फ १८ खेलाडी छनोट भएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार भएको कुस्ती खेलको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १० पुरुष र १० महिला खेलाडी छनोट भएका कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशबाट दशौँ राष्ट्रिय प्रतियोगिताका लागि पुरुष ५७ किलो तौल समूहमा कञ्चनपुरका रोहित सार्की, ६१ किलो तौलमा सुनिल चौधरी, ६५ किलो तौल समूहमा कैलाश शर्मा र ७० किलो तौलमा लक्ष्मण नगारी छनोट भएका छन् । त्यसैगरी, महिलातर्फ पनि कञ्चनपुरका अधिकांश खेलाडी प्रदेशबाट छनोटमा परेका छन् । यहाँ महिला ५० किलो तौल समूहमा कञ्चनपुरकी बिनिता चौधरी, ५३ किलो तौल समूहमा दार्चुलाकी सङ्गीता पाल छनोट भएका छन् भने ५५ किलो तौल समूहमा कञ्चनपुरकी कृतिका चन्द, ५७ किलो तौल समूहमा कञ्चनपुरकै कलावती अवस्थी, ५९ किलो तौलमा कञ्चनपुरकी निर्मला जाग्री, ६२ किलो तौल समूहमा कञ्चनपुरकै विमला सुनार, ७२ किलो तौल समूहमा कञ्चनपुरकी अञ्जली डगौंरा र ७६ किलो तौल समूहमा कञ्चनपुरकै माया भट्ट छनोट भएका छन् ।
शनिबारदेखि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धनगढी र महेन्द्रनगरमा एकसाथ प्रदेशस्तरीय छनोट सुरु भएको छ भने पुरुष तथा महिला भलिबल छनोट डडेल्धुरामा हुँदैछ ।
More sports
- दलाई लामाको निर्वासित संसद् टोली नेपाल आउँदै, बौद्धमा देखियो विवादNepal Khabar
- Rod Anderson spent 81 years not knowing his father till a DNA match connected him with his half-sisterTimes of India
- NFL Hall of Famer Fran Tarkenton buys $51.89 million Palm Beach mansion; sellers had paid $12.65 million in 2019Times of India
- फुटबल एकेडेमी चलाउन सहाराको देउसीभैलो, साढे ११ लाख जुट्योRatopati
- महिला अन्तर्राष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमाRatopati
- भारत र पाकिस्तानले साफ च्याम्पियनसिपको उपाधिका लागि खेल्नेRatopati