महिला अन्तर्राष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
Read the full story at Ratopati

सुनसरी । भारतको अक्वा एफसी झारखण्डलाई ७–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लब प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि २२औँ मिनेटपछि अक्वाका खेलाडीबाट आत्मघाती गोल भएपछि एपिएफले अग्रता दोब्बर बनायो ।
खेलको २९औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल थपेपछि पहिलो हाफमा एपिएफले ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफको १३औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरेका थिए । त्यसको चार मिनेटपछि हेडमार्फत गोल गर्दै उहाँले ह्याट्रिक पूरा गरे । खेलको ७८औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत थप एक गोल गरेका थिए ।
खेल सकिन एक मिनेट बाँकी रहँदा रश्मिकुमारीले व्यक्तिगत दोस्रो गोल थपेपछि एपिएफ ७–० गोलअन्तरले विजयी भएको हो । खेलको ‘म्यान अफ दी म्याच’ एपिएफकी पूर्णिमा राई घोषित हुनुभयो । उहाँलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिए । प्रतियोगिताअन्तर्गत आज (आइतबार) आयोजक स्वर्णिम फुटबल क्लब धरान र गाईघाट फुटबल क्लब उदयपुरबिच प्रतिस्पर्धा हुनेछ ।
More sports
- दलाई लामाको निर्वासित संसद् टोली नेपाल आउँदै, बौद्धमा देखियो विवादNepal Khabar
- भारत र पाकिस्तानले साफ च्याम्पियनसिपको उपाधिका लागि खेल्नेRatopati
- Youth Olympic Games organisers hail Senegal's capability to host major eventsFrance 24
- क्रिस्टियानो रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले ‘७ नम्बर’ जर्सी लगाउने, युइएफएद्वारा विशेष अनुमतिRatopati
- Portugal vs Denmark LIVE: UEFA Nations LeagueAl Jazeera
- गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरुDC Nepal