Skip to main content
खेलकुदRatopati

क्रिस्टियानो रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले ‘७ नम्बर’ जर्सी लगाउने, युइएफएद्वारा विशेष अनुमति

Read the full story at Ratopati

क्रिस्टियानो रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले ‘७ नम्बर’ जर्सी लगाउने, युइएफएद्वारा विशेष अनुमति

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबलबाट हालै सन्न्यास लिएका खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्मानमा पोर्चुगलले शनिबार एक अभूतपूर्व र ऐतिहासिक बिदाइ कार्यक्रम गर्ने भएको छ । नेसन्स लिगअन्तर्गत डेनमार्कविरुद्ध हुने खेलअघि रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीहरूले ‘७ नम्बर’ जर्सी लगाएर मैदानमा उत्रिनेछन् । आधिकारिक खेलहरूमा टोलीका सबै खेलाडीले एउटै नम्बरको जर्सी लगाउन सामान्यतया नियम विपरीत मानिन्छ ।

तर, रोनाल्डोको योगदानलाई कदर गर्दै युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले यस विशेष सम्मानका लागि स्वीकृति प्रदान गरेको छ। ब्रागास्थित ‘इस्टाडियो म्युनिसिपल’ रङ्गशालामा हुने यो खेल स्थानीय समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ । ४१ वर्षीय रोनाल्डोले २३ वर्ष लामो गौरवमय अन्तर्राष्ट्रिय खेलजीवनपछि गत साता मात्र सन्न्यासको घोषणा गरेका थिए। उनलाई कृतज्ञता व्यक्त गर्न पूर्व सहकर्मीहरू, पोर्चुगिज फुटबल महासंघ र समर्थकहरू सबै यस सम्मान कार्यक्रममा सहभागी हुँदैछन् ।

यो विशेष योजना बिहीबार पोर्चुगिज फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्सा, मुख्य प्रशिक्षक जोर्गे जिसस तथा टोलीका कप्तानहरू—बर्नार्डो सिल्भा, रुबेन डियास र ब्रुनो फर्नान्डेजबीच भएको छलफलपछि तय गरिएको हो। राष्ट्रिय टोलीमा रोनाल्डोले पुर्‍याएको अतुलनीय योगदानप्रति धन्यवाद ज्ञापन गर्न उनीहरूले यो अनौठो तरिका रोजेका हुन् ।