महिला अन्तर्राष्ट्रिय गोल्डकप– एपिएफ सेमिफाइनलमा
Read the full story at Setopati

भारतको अक्वा एफसी झारखण्डलाई ७–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लब प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको १३औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्।
त्यसको चार मिनेटपछि हेडमार्फत गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन्। डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारतसहित आठ टोली सहभागी छन्।
प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई रु १० हजार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
More sports
- एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्नेThaha Khabar
- खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदकDC Nepal
- कैलालीमा जुवातास खेलेको आरोपमा १० जना पक्राउOnlinekhabar (Nepali)
- महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजितNagarik News
- हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुनेNagarik News
- नेसन्स लिगमा डेनमार्कसँग पोर्चुगल ४–१ गोलले पराजितRatopati