Skip to main content
अर्थतन्त्रRatopati

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड

Read the full story at Ratopati

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड

मुम्बई । बक्स अफिसमा यतिबेला रणबीर कपूर र यश अभिनीत चलचित्र ‘रामायण’को दबदबा छ । प्रदर्शनमा आएसँगै दर्शकमाझ व्यापक चर्चा बटुलिरहेको यस पौराणिक चलचित्रको कमाइमा दोस्रो शनिबार जबरजस्त उछाल आएको हो । चलचित्रले भारतीय घरेलु बक्स अफिसमा मात्र आफ्नो पकड बलियो बनाएको छैन, विश्वभर नै १२०० करोड भारतीय रुपैयाँ (भारु)को आँकडासमेत पार गरिसकेको छ । विशेष कुरा के छ भने दसौँ दिनको कमाइको मामिलामा यस चलचित्रले रणबीर कपूरकै अघिल्लो चलचित्र ‘एनिमल’लाई पनि निकै पछाडि छोडिदिएको छ ।

बलिउड मिडियाका अनुसार चलचित्रले दोस्रो शनिबार (२८ गते कात्तिक) सम्म भारतीय बक्स अफिसमा ७२.९० करोड भारु नेट कलेक्सन गरेको छ । यो शुक्रबारको कमाइको तुलनामा ५१.६ प्रतिशतले बढी हो । शुक्रबार चलचित्रले भारतमा ४८.१० करोड भारु कमाएको थियो । यो सानदार उछालसँगै चलचित्रको कुल घरेलु (भारतीय) नेट कलेक्सन ६८५.६० करोड भारु पुगेको छ भने भारतमा यसको कुल ग्रस कलेक्सन ८१९.५० करोड भारु पुगेको छ । शनिबारको कमाइमा चलचित्रको हिन्दी भर्सनको योगदान सबैभन्दा धेरै रह्यो ।

हिन्दीमा चलचित्रले १८ हजार ५५७ सोमार्फत ५३.७५ करोड भारु नेट कलेक्सन गरेको छ । त्यसपछि कन्नड भर्सनले ८९३ सोबाट ५.४० करोड भारु कमाएको छ । मलयालम र तमिल भर्सनले समान ४.७५–४.७५ करोड भारुको कारोबार गरेका छन् । मलयालमका १ हजार १२७ र तमिलका १ हजार २९० सो सञ्चालन भएका थिए ।