Skip to main content
राजनीतिDC Nepal

‘कोप ३१’मा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किए

Read the full story at DC Nepal

‘कोप ३१’मा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किए

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन्। तुर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म अर्थात् कात्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजना भइरहेको उक्त सम्मेलनमा मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

सम्मेलनमा सहभागी भई उनी शनिबार स्वदेश फर्किएका हुन्। सम्मेलनका क्रममा नेपालले हिमालको मुद्दालाई प्राथमिकताका साथ उठाएको छ।

मन्त्री खनालले सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै जलवायु परिवर्तनका असर र त्यसले नेपाल जस्ता पर्वतीय मुलुकमा पारेको प्रभावबारे छलफलमा भाग लिएका थिए। उनी स्वदेश फर्किएसँगै अब सम्मेलनमा भएका छलफल र नेपालले राखेका एजेन्डाहरूको कार्यान्वयनका विषयमा थप प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

In English

Foreign Minister Shishir Khanal returns home

Foreign Minister Shishir Khanal has returned to the country after participating in the 31st Conference of the Parties (COP 31) to the United Nations Framework Convention on Climate Change. Minister Khanal led the Nepali delegation at the conference, which is being held from November 9 to 20, i.e., from Kartik 23 to Mansir 4, in Antalya, Turkey. He returned to the country on Saturday after participating in the conference. During the conference, Nepal raised the issue of the Himalayas as a priority. Minister Khanal, representing Nepal at the conference, participated in discussions on the impacts of climate change and its effects on mountainous countries like Nepal. It is expected that further processes will move forward regarding the implementation of the discussions held at the conference and the agendas raised by Nepal as soon as he returns home.

Machine translation — the original above is the story as filed.

‘कोप ३१’मा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किए · EkJhalak News