उदाउँदो मात्र होइन, अस्ताउँदो सूर्यलाई पनि उत्तिकै सम्मान गर्नुपर्छ : प्रधानमन्त्री शाह
Read the full story at Nagarik News

प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मान गर्नुपर्ने बताएका छन्। छठ पर्वले जीवनको गहिरो दर्शन सिकाउने उल्लेख गर्दै उनले यस पर्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई समान रूपमा सम्मान गर्ने परम्परा भएको बताए।
चार दिनसम्म विधिपूर्वक मनाइने छठमा नहाय–खाय, खरना, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको उनले स्मरण गरे। सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री शाहले छठले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।
उनले मैथिली भाषामा समेत शुभकामना व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् भन्ने कामना गरेका छन्।
More politics
- कालीमाटीमा आज यी तरकारी तथा फलफूलको थोक मूल्य कतिदेखि कतिसम्मNepal Khabar
- नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव सुरुNepal Khabar
- दराजको ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तारNepal Khabar
- आईजीपी हटाउने निर्णय सरकारको, पार्टीको होइन : रास्वपा प्रवक्ता (भिडिओ)Nepal Khabar
- खुलामञ्चमा कांग्रेसले रोप्न थाल्यो दुबो (तस्बिरहरू)Nepal Khabar
- भायानेटले ल्यायो ‘आजै फिक्स’ सेवाNepal Khabar