‘नमस्ते इटहरी, नमस्ते कोशी’ भन्दै स्टेजमा उक्लिएर अमृत गुरुङ
Read the full story at Nagarik News

तीन दशकभन्दा लामो समयदेखि लोकप्रियता कमाएको नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङ बुधबार साँझ इटहरी रंगशालामा तयार पारिएको स्टेजमा उक्लिए । साँझ ६ बजेपछि स्टेजमा देखिएका उनले ‘तिहारको तयारीका बेला अनि धान काट्ने बेला नमस्ते इटहरी, नमस्ते कोशी प्रदेश’ भन्दै दर्शकलाई स्वागत गरे । उनको अभिवादनसँगै रंगशालामा उपस्थित दर्शकले हात हल्लाउँदै हुटिङ गरेर स्वागत गरे । दर्शकसँग आत्मीय संवाद सुरु गरेका गुरुङले कलेज पढ्दाको उमेर सम्झिन आग्रह गरे । ‘सबैले आफू कलेज पढ्दाको उमेर सम्झौँ त ।
म पनि कलेज पढ्दा कपाल कालो, दाह्री पनि कालै थियो । जवानी थियो,’ उनले भने । उनको यो भनाइले दर्शकलाई हँसाउनुका साथै पुराना दिनको सम्झना गरायो । ३५ वर्षदेखि दर्शकको माया र साथ पाउँदै आएको नेपथ्यले पहिलोपटक इटहरीमा प्रस्तुति दिन पाउँदा खुसी लागेको बताउँदै गुरुङले गीत गाउन सुरु गरे । उनले ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’, ‘सुन सुन साइँली’, ‘कर्णाली’, ‘पोखरा बजार’, ‘मुक्लाङ जाऊँला’, ‘रुकुम’ लगायत लोकप्रिय गीत एकपछि अर्को गर्दै प्रस्तुत गरे ।
नेपथ्यका चर्चित गीतसँगै दर्शक पनि झुमे । गीतका धुन र शब्दसँगै रंगशालामा उपस्थित दर्शकले साथ दिँदा माहोल संगीतमय बनेको थियो । गीत प्रस्तुतिका बीचमा गुरुङले मनोरञ्जनसँगै सामाजिक र राजनीतिक सन्देशसमेत प्रवाह गरे ।
More politics
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- अमेरिकी कंग्रेसमा डेमोक्र्याट्सको कब्जा, दुवै सदनमा हार्यो ट्रम्पको पार्टीNepal Khabar
- तिहारमा विद्युत् आपूर्ति सहज बनाउन उर्जामन्त्री श्रेष्ठको निर्देशनNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar