कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गर
Read the full story at Nepal Khabar

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारलाई भय र भ्रमको शासन बन्द गर्न चेतावनी दिएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रतिपक्षको प्रश्न र आवाजलाई दबाबमा राख्ने सोच र षडयन्त्रका साथ कांग्रेसविरुद्ध भ्रम सिर्जना गरिएको बताए।
कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनलाई प्रचलित कानुन बमोजिम निर्वाचन आयोगबाट अद्यावधिक भइ सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भइ १५औँ महाधिवेशन सम्पन्न भइसकेकोमा शृंखलावद्ध षडयन्त्र र सुनियोजित हतकण्डालाई पूर्ण रूपमा खारेज गरिएको उनको भनाइ छ। 'कांग्रेसका आम सदस्य र लाखौं शुभेच्छुक सबैको मानमर्दन गर्न खोज्ने यस्तो दुष्प्रचारले आम सदस्य र शुभेच्छुको विश्वासलाई आघात पुर्याउन सक्दैन,' महामन्त्री पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस्ता आधारहीन तथा कपोलकल्पित विषयहरू, नेपाली कांग्रेस र कांग्रेसको नेतृत्व विरुद्ध रचेको कृतिम भाष्य प्रतिपक्षको प्रश्न र आवाजलाई दबाबमा राख्न सकिन्छ कि भन्ने सोच र षडयन्त्रका साथ निर्मित भएका हुन भन्नेमा हामी प्रष्ट छौं।
यस्ता षडयन्त्र र सुनियोजित हतकण्डालाई नेपाली कांग्रेस पूर्ण रूपमा खारेज गर्दछ। ' कांग्रेसको वैधानिकताका सवालमा पार्टी र नेतृत्वविरुद्ध लगाइएका आरोप, तथाकथित अडिओ बयान र प्रचारहरू निराधार, कपोलकल्पित र नियोजित रहेको पौडेलको भनाइ छ।
More politics
- ऊर्जामन्त्री श्रेष्ठसँग भारतका विदेश सचिवको भेट, द्विदेशीय ऊर्जा सहकार्यबारे छलफलNepal Khabar
- विषयगत समितिका सभापतिहरूसँग सभामुखले गरे छलफलNepal Khabar
- नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिकNepal Khabar
- पत्रकार धरपकड र मिडिया काउन्सिल विधेयकबारे छलफल गर्दै महासंघNepal Khabar
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar