राजनीतिNepal Khabar
शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसी
Read the full story at Nepal Khabar

डा. केसीले शिक्षा तथा खेलकुदमन्त्री वा प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने शर्त राखेका छन्। अरुसँग गरिएको सहमति कार्यान्वयन नहुने गरेकाले अब शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने उनको भनाइ छ। डा.
केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली बुधबार साँझ शिक्षण अस्पताल पुगेको थियो। डा. केसीले आफ्ना शर्त सुनाउँदै सरकारी वार्ता टोलीलाई फिर्ता पठाइदिएका छन्। सरकारले बुधबार मात्रै वार्ता टोली गठन गरेको थियो।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी एक सातादेखि सत्याग्रहमा छन्। इलाममा सत्याग्रह सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याइएको हो।
More politics
- ऊर्जामन्त्री श्रेष्ठसँग भारतका विदेश सचिवको भेट, द्विदेशीय ऊर्जा सहकार्यबारे छलफलNepal Khabar
- विषयगत समितिका सभापतिहरूसँग सभामुखले गरे छलफलNepal Khabar
- नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिकNepal Khabar
- पत्रकार धरपकड र मिडिया काउन्सिल विधेयकबारे छलफल गर्दै महासंघNepal Khabar
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar