‘कौन बनेगा करोडपति’ को सेटमा फर्किए अमिताभ बच्चन
Read the full story at Ratopati

मुम्बई । बलिउडका अभिनेता अमिताभ बच्चन काममा फर्किएका छन् । स्वास्थ्यका कारण चिकित्सकको सल्लाहले एक महिनादेखि काम र सामाजिक सञ्जाल दुबैबाट टाढा रहेका बच्चन लोकप्रिय क्विज सो ‘कौन बनेगा करोडपति १८’ (केबीसी १८) को सेटमा फर्किएका हुन् । सोको नयाँ प्रोमोमा उनको झलक सार्वजनिक भएको छ, जसमा उनी आफ्ना प्रशंसक तथा शुभचिन्तकहरूलाई धन्यवाद दिँदै प्रस्तुत भएका छन् । सोनी टिभीले सामाजिक सञ्जालमा ‘केबीसी १८’ को नयाँ प्रोमो ल्याएको छ ।
उक्त भिडियोमा अमिताभ बच्चन पुनः सोको मञ्चमा होस्टको कुर्सी सम्हाल्दै गरेको देखिन्छन् । ‘आशा छ तपाईंहरू सबैको दीपावली निकै शानदार रह्यो होला । हामीले पनि आफ्ना प्रियजनहरूसँग दीपावली मनायौँ, तर... अर्को एउटा घर पनि त छ नि, केबीसीको यो मञ्च’ उनले भने । प्रोमोमा हट सिटमा बसेका एक प्रतिस्पर्धीले अमिताभ बच्चनलाई उनको स्वास्थ्य अवस्थाबारे सोध्छन् ।
यसमा उनले आफ्नै चिरपरिचित शैलीमा पहिले प्रतिस्पर्धीको हालखबर सोध्छन् । प्रतिस्पर्धीले आफू ठिक भएको बताएपछि अमिताभ मुस्कुराउँदै भन्छन्- ‘यदि तपाईं ठिक हुनुहुन्छ भने म पनि ठिक छु । ’ बच्चनले आफ्नो स्वास्थ्य लाभका लागि प्रार्थना गर्ने सबैप्रति आभार व्यक्त गर्छन् । उनी भन्छन्– ‘तपाईंहरू सबैको माया, प्रार्थना र आशीर्वादले म यहाँ फेरि हाजिर भएको छु । उही जोश, उही मुस्कान र बिल्कुलै नयाँ एपिसोडका साथ ।
More business
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- सिटी होटलले आम्दानी ४.७% ले बढेपछि घटायो ऋण, पहिलो त्रैमासको वित्तीय विवरण यस्तोBizmandu
- युएईमा ट्रकले धेरै गाडीलाई ठक्कर दियो, १४ जनाले ज्यान गुमाएDC Nepal
- कारको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइतेRatopati