Skip to main content
अर्थतन्त्रRatopati

कारको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

Read the full story at Ratopati

कारको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

चितवन । भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आज बिहान ०९:०० बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीहरूलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा जिल्ला चितवन, भरतपुर महानगरपालिका–१५ बस्ने वर्ष ३० की पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले ०९:५४ बजे मृत घोषणा गरेका थिए । कार र चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका–१६ फुर्तीचोक बस्ने वर्ष ३३ का मनोज पौडेललाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।